के तपाईँ असल अभिभावक हुनुहुन्छ ?

सबै अभिभावकहरूलाई आफ्नो छोराछोरी राम्रो होस् भन्ने चाहना हुन्छ । यो हुनु स्वभाभिक पनि हो । छोराछोरी राम्रो होस् भन्ने चाहना राखिराख्दा धेरै अभिभावकहरूले आफ्नो जिम्मेवारी के र कस्तो हुनुपर्छ भन्ने विचार गरिरहेका हुँदैनन् । साथै जसरी मैले छोराछोरीलाई हुर्काईरहेको छु, साँच्चै के त्यसले मेरो छोराछोरी राम्रो हुँदैछ भन्ने सोच्ने गरेको पाइँदैन ।

अभिभावकलाई आफ्नो छोराछोरी कस्तो होस् भनेर सोध्योैँ भने प्राय आउने उत्तर भनेको – छोराछोरीले भनेको मानोस्, जिद्घी नगरोस्, धेरै पढोस्, सृजनात्मक होस्, उसमा आत्मविश्वासको कमी नहोस् भन्ने नै सुन्न पाउँछौँ ।

आजकल प्राय अभिभावकले बालबालिकाको गुनासो गर्ने भनेको ग्याजेट नभई खाना खाँदैन, जंकफुड धेरै खान्छ, समयमा सुत्दैन, उठ्दैन, बाहिर खेल्न जान मन गर्दैन भन्ने खालको हुन्छ । यो सुनाइरहँदा मलाई एउटा प्रश्न गर्न मन लाग्छ, के बच्चाले ग्याजेट हेरेर खाना खाने बानी, जंकफुड खानेबानी आदि बानीहरू बच्चा आफैले सिकेको हो वा हामीले बानी बसालिदिएका हौँ ? बालबालिका समयमा सुत्ने, उठ्ने कुरामा पनि अभिभावक आफै पनि कत्तिको रुटिनमा हिँड्ने गर्नु भएको छ त विचार गर्नुपर्ने हुन्छ ।

हामीले बालबालिका हुर्काइरहदाँ केही कुरामा ध्यान दिन सक्यौँ भने बालबालिकाले आफ्नो जीवनमा धेरै कुरा गर्न सक्छन् ः
१) उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउने र शौचालय जाने ।

२)समय तालिका अनुसार सुत्ने, उठ्ने, होमवर्क, स्व( अध्ययन गर्ने, खेल्ने । ग्याजेट समय आधा घण्टा भन्दा बढी नदिने ।

३) आफूले सकेको काम आफैँ गर्न लगाउने । आफ्नो सरसामान आफैँ ठिक ठाउँमा मिलाएर राख्न लगाउने, बालबालिकाले सकेको काममा सहयोग लिने ।

४) घरमा बालबालिकाले उपयोगी तरिकाले आफ्नो समय ब्यतित गरिराखेको छ कि छैन विचार गर्ने । आफूलाई मनपर्ने कुराहरू जस्तै नाच्ने, गाउने, चित्र कोर्ने, बोल्ने कला, लेख्ने कला, खेलकुद आदिमा सहभागी हुने वातावरण मिलाइदिने । आफू पनि सँगसँगै बसेर, हेरेर, खेलेर सहभागी हुने ।

५) बालबालिकासँग बैठक बस्ने । आज के के ग¥यौ, भोलीको योजना के छ ? र त्यसमा बालबालिकाको धारणा के छ छलफल गर्ने ।

६) बालबालिकासँग ठूलो स्वरमा झर्केर नबोल्ने, बालबालिकाको अगाडि अरुको कुरा नकाट्ने (सकेसम्म कहिल्यै पनि)

७) हरेक ब्यक्तिमा अन्तर्निहीत गुण हुन्छ । बालबालिकाबीचमा कहिल्यै तुलना नगर्ने ।

८) बालबालिकाले गरेको राम्रो काम साथीभाइ, आफन्तलाई सुनाउने । नराम्रो केही छ भने कहिले पनि नगर्ने । नराम्रो बानी छोराछोरीसँगै बसेर छलफल गरेर समाधान गर्ने ।

९) बालबाकिाहरू स्वभावैले धेरै कुरा जान्न खोजिराखेका हुन्छन् र नयाँ कुरा देख्ने बित्तिकै प्रश्न गर्ने, बिचबिचमा बोल्ने गर्छन् । त्यतिखेर अभिभावकले जिज्ञासा मेट्ने गरी सकेजति थाहा भएको कुरा बताइदिने गर्नुपर्छ । तथा सँगै खोज्ने वातावरण दिन सक्यो भने बालबालिका धेरै जिज्ञासु हुने, उनीहरू आफैले कारण पत्ता लगाउन सक्ने, समस्या समाधान गर्न सक्ने बानीको विकास हुँदै जान्छ ।

१०) बालबालिकालाई सामाजिक कार्यक्रममा सँगसँगै लाने, त्यहाँ भेटिने नातागोता, साथीभाइसँग चिनजान गराउने, अभिवादन गर्न सिकाउने र त्यहाँ भइरहेको गतिविधिको बारेमा कुराकानी गर्ने आदि । यसले बालबालिकालाई हाम्रो सामाजिक मूल्य मान्यता सिक्न सहयोग गर्छ । बालबालिकाप्रतिको सकारात्मक सोच, कुराकानी, पृष्ठपोषणले एउटा असल, सकारात्मक मानिस बनाउन सहयोग गर्छ ।

:918 Views

Leave a Reply