कोबिदाका विद्यार्थी राष्ट्रिय पोशाकमा

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित कोबिदा किड्स प्रि–स्कुलले राष्ट्रिय पोशाक दिवस मनाएको छ ।

विद्यालयकी प्रिन्सिपल सम्जना बस्नेतले विद्यार्थीलाई नेपाली संस्कृति र पोशाकको महत्व दर्शाउनको लागि विद्यालयले राष्ट्रिय पोशाक दिवस मनाएको बताइन् । सो दिनमा विद्यालयले विद्यार्थीलाई नेपाली राष्ट्रिय पोशाकका बारेमा जानकारी दिएको थियो । कार्यक्रममा छात्रहरुले दाउरा, सुरुवाल, टोपी लगाएका थिए भने छात्रा र शिक्षिकाले चोलो, धोती, पटुकी र धागो लगाएका थिए ।

:331 Views

Leave a Reply