कोरोनाभाइरसः बैज्ञानिक युगमा सुन्यताको खोजी

चितामाथिको लासमा पनि कमिसन खान खोज्ने मानसिकताबाट उक्सिन नसकेका सरकारी उच्च ओहदाका मानिसहरूले राज्य गरेको देशमा बसेर मेरो देशको गर्व गर्नु छ मैले । प्राचिन कालदेखि ऋषिमुनिहरूको तपोभूमि भनेर चिनिएको अनि संसार मै नभएको जडीबुटी पाइने र मानव जीवनका लागि अनुकुल पर्यावरण भएको तथा उर्बर भूमि, आज रासायनिक मलका कारण उब्जनी नै हुन नसक्ने भएको छ । त्यसमा पनि किटनाशक औषधिको अत्याधिक प्रयोगका कारण अखाद्य बनेर बजारमा आइपुगेको खाध्यान्न खाइरहेका हामी जनता। यसबेला म गुरु त्रिकुटानन्दले केहि समय अगाडि चीनले क्रित्रिम सूर्य बनाउँदै छ रे, राति नै नहुने…भन्ने कुरा सुनेर त्यस विषयको खण्डन गर्नु भएको कुरालाई सम्झन चाहन्छु

१. विनाशको बिजारोपण गर्दै छ आजको मनुष्य। सृष्टिको उत्पत्ति कालदेखि पृथ्वीका हरेक प्राणीलाई जीवन्त रहन आवश्यक श्वास/प्रश्वास, ताप, शितलता जसबाट बोट/बिरूवा बाँच्दछन्, र तिनको पृष्ठ पोषणबाट मनुष्य पनि जीवित छ। प्राणीलाई जिवन्त रहन आवश्यक पर्ने जलवायु लगायत स्वतः स्फुर्त रूपमा प्रवाह गर्ने तत्वः सूर्य, चन्द्र, ग्रह नक्षत्र लगायत शक्तिले सृष्टि कालदेखि अटल रहेर निरन्तर धारा प्रवाह रुपमा कार्य गरिरहेका छन्। एक क्षण स्थगित हुने बित्तिकै पृथ्वी नै उथलपुथल हुन्छ। अनि एक मिनेट स्वास फेर्न नपाउँदा सारा प्राणी जगतको अन्त्य हुन्छ। तिनको संरक्षण गर्नु पर्नेमा उल्टै ति माथिनै प्रहार गर्न लाग्यो आजको वैज्ञानिक भनिँदो मनुष्य। यसरी प्रकृतिमाथि नै प्रहार गर्दै गर्दा यसले भोलि विकराल स्थितिको सृजना गर्न सक्ने कुरामा द्विविधा छैन।

२. आज त कलिको समय छ। केहि समय पछि महाकलिको समय त अझै आउन बाँकि नै छ। यो पनि मानिसको कर्मकै कारण निम्तिने हो। अनि त्यस समयमा धेरै ठुलो विनास र विपत्ति खप्नु पर्नेछ यस विज्ञानवादी मनुष्यले। अहिले त सबै थोक पुगिसरी भैरहेको छ । त्यसैले सधै सपना बुनेरै भित्री सत्यलाई नजानेर अन्धकारमै जीवन व्यतित गर्दैछ। त्यस विसम परिस्थितिमा पछुताउनु पर्नेछ। तर त्यस बेला धेरै ढीला भैसकेको हुन्छ र धान्नै नसक्ने स्थितिको सामना गर्न नसकि लाचार बनेर लम्पसार पर्छ। बरु मेरो प्राण छिटो जाओस्, यो भयावह, छटपटाहट स्थितिलाई निरीह आँखाले टुलुटुलु हेरेर धेरै बेरसम्म खप्नु नपरोस प्रभु भन्दै भगवान पुकार्छ। तर त्यस अवस्थामा भगवानले पनि केहि बाटो देखाउन सक्दैनन्। किनकि मनुष्यले आफैँ आफ्नै कर्मले त्यो गहिरो खाडल खनिसकेको हुन्छ। कोरोना भाइरसबाट यस्तै विषम परिस्थिति खप्न थालिसकेको छ सन्सारले।

आज इटलिमा लासको अन्त्यस्टिमा सहयोग गरिदिने पनि कोहि छैनन् अनि घर भित्रै लासहरू सडिरहेका छन्। अमेरिका जस्तो संसारकै शक्तिशाली भनिएको मुलुकले आज आफ्ना जनताको लास फाल्ने एक लाख ब्याग अर्डर गरिसकेको । यो अवस्थामा हामी ढिलै भएपनि धेरै ढिला भैनसकेको ठानि दैविक र प्रकृतिक शक्तिको बाटो अँगालेर केहि राहत प्राप्त गर्न सक्छैँ कि? के हो कोरोना भाइरस? यस्को सुक्ष्म रुप कस्तो छ? यसको उत्पत्ति किन भयो? र यसबाट आफू र अरुलाई पनि बचाउनका निमित्त के गर्नु पर्छ भनेर सूक्ष्म (mभतबउजथकष्अब)ि अध्ययन गरि बताइरहेका आध्यात्मिक गुरुहरूका भनाइलाई बेवास्ता गर्दै विज्ञान ठूलो भनेर डाक्टर, अस्पताल र त्यही लाचार सरकार मात्र गुहार्दै गर्दा तिनले पनि औषधि बनेको छैन भन्दै हात हल्लाउँदै पछि हटिरहेको अवस्थामा हामी कतै गलत बाटो रोजेर झन् झन् बर्बाद त हुँदै छैनौँ ? करिब दस दिन अगाडिको आर्य घाटको घटनालाई जोड्न चाहन्छु। उपचार गर्ने पैसा नभएर नाबालक छोराछोरीहरूको आफूलाई कमाएर खुवाउने बाबुको मृत्यु हुन्छ । अनि अन्त्यस्टिका लागि आर्यघाटमै पुर्याउँदा पन्ध्र हजार पैसा लिएर आऊ भन्छन्। पैसा छैन, अब कहाँ लैजाऔँ ? भनेर रुन्चे स्वरमा प्रश्न गर्छन् ति नाबालकहरू। जता सुकै लैजा भनि त्यो टुहुरोको अनुभव गर्दै गरेका छोराछोरीलाई पीडा माथि पीडा थपिदिएर घोप्टो परेर रोइरहेको दृश्य देख्न पाइन्छ मेरो देशमा।

एकातिर मानिसमा मानवता सकिँदै गएको देखिन्छ र त्यस्तो स्थितिबाट विरक्तिएर आज कति मानिस डिप्रेसनमा पुग्दैछन् भने मानवकै दानवीय प्रवृत्तिका कारण कति मानिस आत्महत्या गर्नसम्म पनि बिवश छन्। ग्लोबलाइजेसनको कारण आज कोरोना भाइरस एक देशबाट अर्को देश गर्दै संसार भरि महामारीको रुपमा फैलिँदै छ। कतै यो सबै प्रकृति माथिको प्रहारकै कारण त होइन ? यस्तो अवस्थाबाट कतिपय मानिस पुरानै शैलितिर उन्मुख हुँदै गरेको देखिन्छस् अर्ग्यानिक खेतिलाई प्राथमिकता दिनु, जङ्गलमा गएर समय बिताउन खोज्नु, अहिलेको भन्दा पुरानै सासन प्रणाली मनपराउनु, आदि । त्यस बेला देखासिकि थिएन, एकले अर्कोबाट नाफा कमाउन कमिसनको खेल थिएन। आफ्नै समूहका मानिसलाई नै प्रयोग गरि आफूलाई ठालु नेता भनाउने प्रवृत्ति थिएन। त्यसैले बरु आफ्नो काम निर्धक्क भएर स्वतन्त्रताका साथ गरेर खान पाउनु पर्यो। यसका लागि हरेक मनुष्यमा आफैँ भित्रको शान्तिलाई खोतल्नुको विकल्प छैन। हरेक मानिसभित्र भएको आत्मिक शक्तिलाई उजागर गर्नुको विकल्प छैन। हरेक मनुष्यभित्र दैविक र प्राकृतिक शक्ति ढक्कन लागेर रहेको हुन्छ। त्यसलाई खोल्नका निमित्त एकाग्रताको आवश्यकता पर्दछ। एकाग्रता ध्यानबाट प्राप्त हुन्छ। अनि त्यस भित्रको उर्जालाई शक्तिमा परिणत गरि चरम आनन्दमा मस्त हुन्छन् आध्यात्मिक मानवहरू।

तर बिडम्बना, यस आध्यात्मिकतालाई धार्मिक खोल ओडाएर कलंकित बनाइदिन्छ हाम्रो समाजले। यि दुई बिचमा आकाश जमिनको फरक छ। त्यो फरक छुट्टाउन सक्ने मानिसको सङ्ख्या कम छ। सधै ध्यान गर्ने मानिस शान्ति मन पराउँछ, प्रतिसोध इर्ष्या(डाह शुन्य हुन्छ, सबैलाई समान देख्छ। आफ्नो र अरुको शरीरको रक्षा गर्नुलाई एउटै कुरा ठान्दछ। अरु रिसाए पनि आफूभित्र आनन्दित भैरहन्छ। साधारण मानिस आफ्नो लागि बाँच्छन् भने आध्यात्मिक मानिस अरुका निमित्त पनि केहि गर्न सकिन्छ कि भनेर सोचिरहन्छन्। थोरै खान्छन्, थोरै सुत्छन् तर अरुभन्दा स्वस्थ रहन्छन्। आजको यस व्यस्त समयमा पनि केहि प्राप्त नहुँदो हो त किन समय मात्र खेर फालिरहेका त? उनीहरू सधै सत्यको खोजी गरिहेका हुन्छन्। र मृत्युको समयमा पनि हाँसी हाँसी सहज रुपमा शरीरलाई छोडिदिन्छन् त्यसपछिको आनन्दमय जिवनको रहस्य अवगत हुनुको कारण। बिडम्बना तिनले गरेको के हो? आध्यात्मिक मानिस किन यत्तिका समय खर्च गरिरहेका छन् केहि नपाउने भए? अन्य मानिसमा आजको दिनमा थोरै समयको पनि धीरता हुँदैन। र प्राय बेचैन नै हुन्छन्। तर ध्यानको शक्तिमा दुब्ने मानिसहरू घन्टौँसम्म चट्नपटाइ एउटै थलोमा बाहिरको आवाज पनि थाहै नपाई कसरी बसिरहन सक्छन्? सबै मानिसको ध्यान किन त्यस तर्फ नपुगेको? सबैमा यो अवगत हुनु पर्छ कि शरीरभन्दा ठूलो मन र मनभन्दा ठूलो आत्मा हुन्छ र भौतिक मानिस शरीर र मनबाट मत्रै चल्दछ भने ध्यानि मानिस आत्माद्वारा भित्री शक्तिमा जोडिएर चलेको हुन्छ। र यस अवस्थाका मानिसलाई हतास, अशान्त, लोभ भन्ने कु्राले छोडिसकेको हुन्छ र यस्ता मानिसबाट बलात्कार, हिंसा, झै(झगदा हुँदैन भने यसमाथि विश्वास जगाउनका लागि आफैँले अभ्यास गरेर अनुभव प्राप्त गर्नु पर्ने हुन्छ। त्यस प्राकृतिक उर्जाशक्तिका कारणले शरीर भित्रका ब्याक्टेरिया पनि उर्जाशील भई बाहिरी ब्रोगसँग लड्ने क्षमताको बृद्धि भई रोग प्रतिरोधात्मक क्षमता स्वतः अभिबृद्धि हुन्छ। यदि आजको युगमा सबै मानिसमा यो ज्ञान दिलाउन सके यस कलियुगबाट हाम्रै पालामा सत्ययुग सम्भव हुने थियो होला। किनकि जित्नु पर्ने कुरानै मनबाट छुटिसकेपछि संसारमा द्वन्द्वको स्वतः अन्त्य भै विश्व शान्तिको पुनः स्थापना हुन्छ भन्ने कुरामा दुई मत छैन।

साधिका पुष्पा रिजाल
मन्टेश्वरी तालिम प्रशिक्षक तथा सिटि मन्टेस्वरीकी प्रिन्सिपल

:672 Views

Leave a Reply