कोरोना तथा अन्य सरुवा रोग नियन्त्रण गर्न नेक्ससमा रेजर थर्मोमिटरको प्रयोग

काठमाडौं । पेप्सीकोला टाउनप्लानिङ्गस्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले आफ्ना विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई हालै विश्वभर फैलिरहेको कोरोना भाइरस तथा अन्य भाइरसहरुबाट विद्यालय तथा विद्यार्थीहरुलाई सुरक्षित राख्न रेजर थर्मोमिटरबाट ज्वरो मापन गर्न थालेको छ । कोरोना संक्रमणबाट विश्वभर एक लाख भन्दा बढी मानिस संक्रमित भएको तथा झण्डै ३५०० जनाको मृत्यु भइसकेको वर्तमान अवस्थामा विद्यार्थीको स्वस्थ रहन पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यालयका दुवै भवनहरुमा अत्याधुनिक रेजर थर्मोमिटरको प्रयोग गर्न थालिएको छ ।

दक्ष जनशक्तिको प्रयोग गरि विद्यार्थी, शिक्षक तथा विद्यालय भ्रमण गर्ने अभिभावकहरुको हरेक दिन नियमित स्वास्थ्य परिक्षण गरिदै आएको छ । यसबाट विद्यालयको स्वस्थ वातावरणलाई कायम गर्ने अभियानमा थप टेवा पुगेको छ । सोही विषयमा जानकारी दिनु हुदै विद्यालयका संस्थापक प्राचार्य आर.वि. कट्ववालले यो अभियान विद्यार्थीहरुको स्वस्थ भएर निर्धक्कसँग अध्ययन गर्न पाउने अधिकारको शुनिश्चितताका लागि चलाइएको बताए । उनले यदि कोहि विद्यार्थीहरुमा ज्वरो भेटिएमा तत्काल अभिभावकहरुलाई सम्पर्क गरि स्वास्थ्य संस्था पठाइने गरेको समेत जानकारी दिएका थिए । कोरोना संक्रमणको त्राशमा सैयौ विद्यार्थीहरुको अध्ययनको अधिकार हनन गर्न नहुने भन्दै रेजर थर्मो मिटरको प्रयोगले विद्यार्थीहरुले भयरहित वातावरणमा शिक्षा आर्जन गर्ने वातावरण बनेको समेत बताए ।

विद्यालयको यो गतिविधि शुक्ष्म रुपले अध्ययन गरेका अभिभावक उर्मिला कट्वालले यो प्रविधि हरेक विद्यालयले अनुशरण गर्नु पर्ने बताए । यसरी नियमित चेक जाँच गर्दा विद्यार्थीले आफ्नो स्वास्थ्य बारे जानकारी समेत पाउने भएकाले यो बहु उपयोगि सिद्ध हुने उनले बताए ।

:268 Views

Leave a Reply