ख्वप्रिङ्ग एकेडेमी १९ औँ वर्षमा प्रवेश

भक्तपुर । ख्वप्रिङ्ग इङ्गलिश एकेडेमी (सेकेण्डरी) १८ वर्ष पुरा भई १९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरुका विजयी विद्यार्थीहरुलाई “१९ औं स्थापना दिवस तथा पुरस्कार वितरण २०७५” मा पुरस्कार वितरण गरियो छ ।

१९ औं विद्यालय स्थापन दिवसको अवसरमा फागुन ५ गते जिल्लास्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा आयोजना गरिएको थियो । सो प्रतियोगितामा वागीश्वरी मावि प्रथम, ख्वप्रिङ्ग इङ्गलिश एकेडेमी द्धितीय तथा प्रभात मावि तृतीय हुन सफल भएका थिए । त्यस्तै फागुन ६ गते, सोमवार आयोजित जिल्लास्तरिय अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगितामा जेशिस सेकेण्डरी स्कूलका शुभेच्क्षा झा प्रथम, बागीश्वरी माविका ललिता थापा द्धितीय तथा ख्वप्रिङ्ग इङ्गलिश एकेडेमीका लुनिभा सैंजू तृतीय हुन सफल भएका थिए । त्यस्तै फागुन ७ गते आयोजित भक्तपुर नगरव्यापी अन्तर विद्यालय कसिंमला पाँय प्रतियोगितामा लिशा सेकेण्डरी स्कुलका सोनाम प्रजापति प्रथम, प्रभात माविका स्वर्णिम दुवाल द्धितीय र शारदा माविका इस्लामुन ईशा तृतीय स्थान हासिल गर्न सफल भएका थिए । विद्यालय स्थापना दिवसकै अवसरमा अन्तर सदन नृत्य प्रतियोगिता र अन्तर सदन गायन प्रतियोगिता आयोजना गरिएको थियो । सो प्रतियोगितामा सिनियर तर्फ रेड हाउस प्रथम र ब्लू हाउस द्धितीय तथा जुनियर समूह तर्फ ग्रीन हाउस प्रथम र यल्लो हाउस द्धितीय हुन सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि त्रि.वि.वि शिक्षा संकायका पूर्व डिन पृथुचरण बैद्यले विद्यालयहरुले शैक्षिक क्रियाकलापहरुसँगै विभिन्न गतिविधिहरु संचालन गर्नुपर्ने तथा विद्यार्थीहरुले यस्ता कार्यक्रमहरुमा सक्रियताका साथ सहभागिता जनाउनु पर्ने बताउँदैै विद्यार्थीहरुले विद्यालय जीवनमा धेरै भन्दा धेरै कुराहरु सिक्नु पर्ने बताउनु भयो र विभिन्न प्रतियोगिताहरुमा बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरे । सो समारोहमा नेक्राशिसंघका अध्यक्ष एंव शिक्षक ज्ञान सागर प्रजापतिले २०४६ सालको जन आन्दोलनमा फागुन ८ गतेका दिन भक्तपुरका सपुतहरुले सहादत् प्राप्त गरेका कारण हाम्रो लागि आजको दिनको महत्व अझ धेरै रहेको बताउँदै सोहि ऐतिहासिक दिनलाई स्मरण गर्र्दै विद्यालय स्थापना हुनु तथा संचालनमा आउनु खुशीको कुरा रहेको बताउनु भयो ।

सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले विद्यालय एक शैक्षिक संस्था सँगसँगै समाजिक संस्था पनि भएकोले विद्यालयले निरन्तर सामाजिक गतिविधिहरु पनि संचालन गरिरहेको व्यहोरा पनि प्रस्त गरे । कार्यक्रमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम प्रसाद प्रजापति र विद्यालयका प्रवन्धक कृष्ण सुन्दर प्रजापतिले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।

“१९ औं स्थापना दिवस” कै अवसरमा विद्यालय प्राङ्गण तथा विद्यालय क्षेत्र वरपर वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीको प्रमुख अतिथिमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै भक्तपुर नगरपालिका वडा नं. ९ अवस्थित वाकुपति नारायण स्थान र गरुड कुण्ड क्षेत्रको पनि सर सफाइ गरिएको थियो ।

:631 Views

Leave a Reply