गायनमा उत्कृष्ट काव्यका १२ विद्यार्थीलाई पुरस्कार

काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरले एकदेखि नौ कक्षासम्मका विद्यार्थीलाई सहभागी गराई आयोजना गरेको ‘काव्य गायन प्रतिभा’ अर्थात ‘काव्य सिङ्गिङ्ग आइडल २०७६’ मा १२ जना विद्यार्थी उत्कृष्ट भएका छन् ।

आफ्नो सुमधुर ध्वनी र हाउभाउ मार्फत ति विद्यार्थीले काव्यका अरु दर्शक विद्यार्थी, शिक्षक र निर्णायकहरुको मन जितेका थिए ।
चर्चित गायक तथा संगीतकार शिशिर योगीको प्रमुख आतिथ्यतामा आयोजित ३ घण्टा लामो सो प्रस्तुतिपछि १२ जना विद्यार्थी नवगायक अर्थात ‘काव्य सिङ्गिङ्ग आइडल’ बन्न पुगेका थिए । कक्षा १ देखि ३ सम्मको समूहमा अप्रमेय राजभण्डारी पहिलो, अभियान थापा दोस्रो, मायरा भट्टराई तेस्रो भए भने कामाक्षा बास्तोलाले सान्त्वना पुरस्कार जितेका थिए । यसैगरि ४ देखि ६ कक्षाको अर्काे समूहमा आवृत्ति रेग्मी पहिलो, उमङ्ग लुँईटेल दोस्रो र खुशी गौतम तेस्रा भएभने वृत्ति दाहालले सान्त्वना पुस्कार जिते ।

कक्षा ७ देखि ९ सम्मको समूहमा अभिनव सिलवाल पहिलो, सम्वित सिटौला दोस्रो र समाज भट्टराई तेस्रो भए भने सुमन गुरुङ्गले सान्त्वना पुरस्कार जिते । विद्यार्थीहरु सुमन गुरुङ्ग, प्रज्वल खड्का, रेवशमान श्रेष्ठ, कुशल मर्हन र सोनिर हुमागाईले प्रतियोगिताको वाद्यवादनतर्फ सघाएका थिए । काव्यका संगीत प्रशिक्षकद्वय कैलाश राई र राजकुमार समालको निर्देशनमा विद्याथर््ीहरुले सामूहिक गायन पनि प्रस्तुत गरेका थिए ।

विजयी १२ जना वालगायकहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले ट्रफि, पदक र प्रमाणपत्र वितरण गर्नुका साथै सहभागी गायकहरुलाई प्रशंसापत्र दिएका थिए । प्रिन्सिपल बास्कोटाले वरिष्ठ गायक तथा संगितकार शिीर योगीलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।  गायन प्रतियोगिताको विविध पक्षबारे विद्यालयको सेकेण्डरी इन्चार्ज चक्र दवाडीले बताएका थिए । ईन्चार्ज दवाडी र प्राथमिक तहकी इन्चार्ज सन्ध्या रिजालले गायनको नतिजा सार्वजनिक गरेका थिए । कार्यक्रम कक्षा ९ की छात्रा तथा विद्यालय क्याप्टेन श्वेता थापाले सञ्चालन गरेकी थिइन् ।

विद्यालयका संस्थापक निर्देशकद्वय प्रेमराज अर्याल र रिजन खड्का सहभागी उक्त कार्यक्रममा गायक योगीले ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ गीत प्रस्तुत गरेका थिए ।

:376 Views

Leave a Reply