गुणात्मक शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई स्वावलम्बी बनाउँदै गोल्डन सुनगाभा

भक्तपुर | आत्मविश्वासी प्रतिस्पर्धी सक्षम, योग्य, स्वअनुशासित जनशक्ति तयार पार्ने पवित्र उद्देश्य बोकी स्थापना भएको विद्यालयको नाम हो, गोल्डन सुनगाभा । आम अभिभावक, शुभेच्छुक, शुभचिन्तकहरुको बीचमा सुनगाभा स्कुलको नामले प्रिय छ जसको अपार माया, अनवरत सहयोग र विश्वासको कारण आज यो विद्यालय ९ रोपनीभन्दा बढी जग्गामा फैलिएको छ । भूकम्प प्रतिरोधात्मक संरचना तयार पारी आफ्नो विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गरी स्वावालम्बी बनाउने अनन्तसम्मको यात्रामा लम्किरहेको व्यहोरा सर्वविदितै छ । प्रि स्कुलदेखि कक्षा–१० सम्म पढाइ हुने यस स्कुलको खुला खेल मैदान, आरामदायी कक्षाकोठा, मायालु शैक्षिक वातावरण, अनुभवी शिक्षक–शिक्षिका, पर्याप्त खेलसामाग्री यसका परिचय हुन् ।
अभिभावकहरुको इच्छा, र आजको आवश्यकता बमोजिम यस विद्यालयले मन्टेश्वरीमा आधारित पूर्व प्राथमिक तह ९एचभ( एचष्mबचथ ीभखभ०ि का कक्षाहरु सञ्चालन गरिरहेको छ । सर्वसुलभ शुल्क लिएर पढाइसँग सम्बन्धित सामग्री, व्यवहारिक अभ्यास तथा परियोजना कार्य आदिका माध्यमबाट बालबालिकाको सिकाई सीप प्रभावकारी बनाइरहेका छौँ ।
बाल मनोविज्ञानले निर्दिष्ट गरेको आधारमा कक्षाकोठाहरु आकर्षक ढङ्गले सजाइएको छ । खेल, पढाइ र मनोरञ्जन शिक्षण सिकाइका आधारहरु हुन् ।
बालबालिकाहरुको व्यक्तिगत र उनीहरुको रुचि अनुसारको स्वस्थ खाना तथा खाजा सुरक्षित प्ले स्टेशन यस विद्यालयको अर्को आकर्षणको पक्ष हो ।
नेपाली समाजको मौलिक संस्कारलाई शिक्षण सिकाइको आधार बनाई अनुशासन, शिष्ट र नम्र व्यवहार सभ्य बोेलिचालीमा आधारित शिक्षण सिकाइ नै यो विद्यालयको पहिचान हो । बढीभन्दा बढी अभिभावकहरुले यो विद्यालयलाई विश्वास गर्नुमा यसलाई पनि आधार मान्न सकिन्छ ।
स–साना नानी बाबुहरुको अक्षराम्भ गर्ने शुभ दिन बसन्त पञ्चमी वा सरस्वती पूजाको दिनलाई मान्ने गरिन्छ । उक्त दिन अक्षराम्भ गरेका बालबालिकाक पढाइ–लेखाई तीक्ष्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।
सो दिन निःशुल्क भर्नाको व्यवस्था गरिएको छ । सीट सिमित भएकोले आफ्ना नानी बाबुहरुको सीट सुरक्षित गरी ढुक्क रहनु हुन सम्पूर्ण अभिभावक शुभेच्छुक, शुभचिन्तक हरुमा विद्यालय परिवार विशेष अनुरोध गर्दछ ।

????????????????????????????????????

:1464 Views

Leave a Reply