गोल्डेन गेटको दीक्षान्त तथा सीनियर अविभावक भेला सम्पन्न

भक्तपुर । विद्यालयको ३२औं वार्षिकोत्सवको तेस्रो तथा अन्तिम कार्यक्रमको रुपमा महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इंग्लिस सेकेन्डरी स्कुलले प्रि—स्कूल दीक्षान्त समारोह तथा सीनियर अविभावक भेला २०७५ आयोजना गरेको छ । ३ नम्बर प्रदेश सभाका माननीय सभासद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको मन्टेश्वरी किड्ज भिल्ला अन्तर्गतको विशेष गाउनमा सजिएका एसकेजीका ३५ जना विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट विशेष दीक्षान्त टोपी पहिर्याई तथा प्रिस्कुल उत्तीर्ण प्रमाणपत्र प्रदान गरी दीक्षित गरिएको थियो ।
दीक्षित हुनुअघि एसकेजीका विद्यार्थीहरुले विभिन्न प्रस्तुतीहरु समेत दिएका थिए । त्यसैगरी सीनियर ब्लकको कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुले कक्षागत रुपमा आफैं कार्यक्रम संचालन गरी विभिन्न गीत÷संगीत, कल्चरल, हिपहप, फ्यूजÞन, कन्टेम्पोरेरी, फ्रीस्टाइल, बि—बोईङ् नृत्य, आदि जस्ता प्रस्तुती दिएका थिए भने प्रस्तुती दिने हरेक विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईबाट लगातार २१ वर्षदेखि निरन्तर सेवारत शिक्षक राजुराम लोहलालाई ‘बियोन्ड डबल डिकेड सर्विस अवार्ड’, १६ वर्षदेखि सेवारत शिक्षिका श्रीषा सितिखु थपलियालाई ‘बियोन्ड क्रिस्टल जुबली सर्विस अवार्ड’ तथा गोल्डेन गेट वर्ष शिक्षक सम्मान कार्यक्रम अन्तर्गत सीनियर ब्लकको कक्षा ६ देखि १० सम्म अध्यापनरत शिक्षक÷शिक्षिकाहरुलाई विभिन्न टाईटल अवार्डहरु प्रदान गरी सम्मान गरिएको थियो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि गोसाईले गुणस्तरीय शिक्षामा गोल्डेन गेटले अभ्यास गर्दै आएको फरक र सिर्जनशील कार्यक्रमहरूको प्रशंसा गर्नुहुँदै सन्तानको विकासमा अभिभावकहरूले खेल्नुपर्ने सकारात्मक भूमिका माथि चर्चा गरे । उनले शिक्षाको गुणस्तरका लागि प्रदेश सभामा निरन्तर रचनात्मक भूमिका खेल्ने प्रतिवद्धता समेत जाहेर गरे । अतिथि प्रिस्कूल पुस्तक लेखिका तथा मन्टेश्वरी ट्रेनर नीता श्रेष्ठले गोल्डेन गेटको पिबीएल मेथड्स तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय कार्यक्रमहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा ईएलटीका सीनियर ट्रेनर, क्वेस्ट नेपालका कार्यकारी एवं मास्टर ट्रेनर गीता सिटौलाले विद्यार्थीहरूको बहुआयामिक विकासका लागि गोल्डेन गेटले बनाएको सिकाईको विशेष वातावरण, शिक्षक विकासका कार्यक्रमहरु र अभिभावक शिक्षा, आदिको सरहाना गरे । प्रिन्सिपल तथा को—फाउन्डर सिङ्ग लामाले विद्यालयले विभिन्न कार्यक्रमहरूको माध्यमबाट सिर्जना गरेको अन्तराष्ट्रिय सिकाई अनुभवका अवसरहरूको जानकारी दिएको उक्त कार्यक्रमको अध्यक्षता फाउन्डर डायरेक्टर अन्जु जोशीले गरेका थिए ।

:507 Views

Leave a Reply