गोल्डेन गेटको प्रोजेक्ट वर्क मेला ः संलग्नतामा आधारित शिक्षाको उत्कृष्ट मोडल

भक्तपुर, ४ चैत्र । विद्यार्थीहरूको अत्यन्त धेरै हर्षोल्लास र अभिभावक तथा अन्य आगन्तुकहरूको जिज्ञासापूर्ण अवलोकन फरक ढंगले गोल्डेन गेटको पहिलो प्रोजेक्ट वर्क मेला २०७५ सम्पन्न भएको छ । विद्यार्थीहरूको फरक—फरक सिक्ने शैली र इंटेलिजेंसको आधारमा कक्षा १ देखि ९ सम्म शैक्षिक सत्र २०७५ भरी कार्यान्वयन गराइएका प्रोजेक्टहरू मध्ये चुनिएका २५१ प्रोजेक्टहरूको प्रदर्शनी र प्रस्तुतिकरण त्यसमा संलग्न विद्यार्थी, शिक्षक—शिक्षिका तथा अवलोकन गर्ने अभिभावक सबैको अत्यन्त रोचक, ज्ञानवर्धक एवं अविस्मरणीय रहेको थियो ।
९ वटा स्टेशनहरुमा विज्ञान, गणित, सामाजिक, पेशा÷व्यवसाय÷प्रबिधि, स्वास्थ्य, शारिरिक शिक्षा तथा जनसंख्या, कम्प्यूटर, नेपाली, अंग्रेजी, चित्रकला र पकवानका प्रोजेक्टहरूको “डेमो“ सहितको प्रस्तुति रहेको मेला हेर्न करीब डेढ घण्टाको समय लाग्थ्यो तर अभिभावकहरुलाई त्यति समय बितेको पत्तै भएन । किनकी विद्यार्थीहरूको सिर्जनशील प्रोजेक्ट र रमाइलो प्रस्तुतिकरणले सबैलाई मन्त्रमुग्ध बनायो । आविष्कारजन्य मिनिएचर निर्माणदेखि हस्तकला, चित्रकला, खेल, गीत, नाटक, नृत्य, अडियो, भिडियो, पुस्तिका प्रकाशन, आदिबाट गरेको सिकाईको प्रदर्शनी ओबिटीईको पकवान प्रोजेक्टमा गएर टुङ्गिएको थियो जहाँ विद्यार्थीहरुले बनाएको पकौड़ा, मोमो, डोनट, खीर, चिया, आदि चाखेर अभिभावकहरु अचम्मित भएका थिए ।
मेला विषयगत रुपमा सिक्नुपर्ने कुराहरुलाई प्रोजेक्ट बेस्ड लर्निंग वा पिबीएलको माध्यमबाट कसरी सिके भन्ने कुराहरुको प्रदर्शनी तथा प्रस्तुति थियो । विद्यालयले विगत ५ वर्षदेखि मल्टीपल इंटेलिजेंस र लर्निंग स्टाइलमा आधारित पिबीएल सिस्टम लागू गर्दै आएको विद्यालय प्रशासनले बताएको छ ।

:664 Views

Leave a Reply