ग्रामर, ट्रिटन, भिमेश्वर र पवनका स्काउट ककनीमा

ककनी, नुवाकोट । यतिखेर चिसो मौसम छ । काठमाडौं उपत्यकाको तुलनामा नुवाकोट ककनीको डाँडामा त झनै चिसो छ । तैपनि त्यहाँ गएर दिनभरी स्काउटिङ्ग कृयाकलाप गर्न र रातभरी टेण्टमा सुत्न पनि स्काउटहरु पछि हटेनन ।

यसै सन्दर्भमा कोटेश्वरको ग्रामर स्कुलको ग्रामर स्काउट ट्रुप, सुविधानगर तिनकुनेको ट्रिटन सेकेण्डरी स्कुलको ट्रिटन स्काउट ट्रुप, भिमेश्वर स्काउट ट्रुप, पवन प्रकृति स्काउट ट्रुप, गोल्डेन सुनगाभा स्काउट ट्रुपमा आवद्ध झण्डै ४०० जना स्काउट विद्यार्थी पालैपालो ककनी पुगे ।
स्काउट गुरु एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शीवकुमार त्वायना र पत्रकार एव्म स्काउट गुरु बलराम प्यासीले स्काउटिङ्ग कक्षा सञ्चालन गर्दै आएका ती स्काउट ट्रुपका स्काउटहरु स्काउटका वाहिरी कृयाकलापहरु साहसिक, मानसिक, मनोरञ्जनात्मक लगायतमा पालैपालो सहभागी भएका थिए ।

सुपरम्यान जम्प, रक क्लाइम्विङ्ग, अपसेलिङ्ग, कमाण्डो ब्रिज, टार्जन जम्प, स्विङ्ग ब्रिज, रोप क्लाइम्विङ्ग, प्याट्रोल युनिटी, सन ब्लाइन्डनेश, टचिङ्ग टार्गेट, मैत्रिपुर्ण खेलहरु, पिलो फाइट, स्टिक वाकलगायत १९ थरीका खेलहरु समावेश थियो ।
ग्रामर स्कुलको अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्ग, शिक्षकहरु देउती राई, अनुषा राई, नेल्सन राई र सन्तोष चौधरीको नेतृत्वमा ग्रामर स्कुलका ९३ जना स्काउटहरु मंसीर २३ देखि २५ गतेसम्म ककनी क्याम्पमा सहभागी भई विभिन्न १९ थरीका स्काउटिङ्ग कृयाकलापमा सहभागी भएका थिए ।

यसैगरि ट्रिटन स्काउट ट्रुपबाट ५० जना स्काउटहरु विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक शीव गैरे र शिक्षिका विद्यासंग ककनी पुगेका थिए । दिनभरी विभिन्न कृयाकलपामा सहभागी भई क्याम्फायर गरेर उनीहरु टेण्टमा मिलेर सुतेका थिए । छात्राहरुको लागि अलग अलग टेण्ट खडा गरिएको थियो । आफ्ना स्काउट विदार्थीको कृयाकलाप हेर्न विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह र निर्देशक राजन सुवेदी ककनी पुगेका थिए ।

यसैगरि ललितपुरको इमाडोलस्थित पवन प्रकृति स्कुलको पवन प्रकृति स्काउट ट्रुप, भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा स्काउट ट्रुप र काँडाघारीस्थित भिमेश्वर एकेडेमीको भिमेश्वर स्काउट ट्रुपका स्काउटहरु पनि ककनी क्याम्पमा सहभागी भए । ती ५ वटा स्कुलका स्काउटहरु मंसीर २१ देखि २५ गतेसम्म पालैपालो ककनी स्काउट क्याम्पमा बसेका थिए । उनीहरुका १९ वटा स्काउटिङ्ग कृयाकलापमा सहयोग गर्न भक्तपुर जिल्ला स्काउटका २८ जना रोभर रेन्जर स्काउटहरु ककनीमा पुगेका थिए । पाँचदिने स्काउट क्याम्पमा छात्रतर्फको क्याम्प संयोजक स्काउट गुरु शीवकुमार त्वायना र छात्रातर्फको क्याम्प चिफ स्काउटर रविना घटुवा थिए ।

:951 Views

Leave a Reply