ग्रामर स्कुलको रजत महोत्सव

काठमाडौं, २८ माघ । कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलले विविध कार्यक्रमको आयोजना गरि रजत महोत्सव सम्पन्न गरेको छ ।

वि.स २०५० फागुन ८ गते ३२ जना विद्यार्थीका साथ स्थापना भएको सो विद्यालयमा हाल स्नातक तहसम्म १ हजार २६६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल राजकुमार राईले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरिएको कार्यक्रममा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यालयमा लामो समय सेवा गरेका शिक्षक, कर्मचारी तथा स्थानीय समाजसेवी र सहयोगीहरुलाई दीर्घसेवा पदक र प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पुर्वप्रधानमन्त्री नेपाल, भोजपुर १ बाट संघीय सांसद सुदन किराँती, विद्यालयका सल्लाहकार प्रा.महेश्वरमान श्रेष्ठलगायतले नेपालको शिक्षा क्षेत्रमा नीजि विद्यालयहरुले पुर्याएको योगदानलाई अवमुल्यन गर्न नहुने कुरामा जोड दिए ।

२५ औं वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रदर्शनी गरेका थिए ।

:341 Views

Leave a Reply