ग्ल्याडस्टोनमा चुनावी रौनक

मध्यपुर ठिमी । मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले उत्साहजनक वातावरणमा विद्यालयको विद्यार्थी प्रतिनिधि छनौटका लागि वैशाख २५ गते बुधबारका दिन मतदान कार्यक्रम सम्पन्न गरेको छ । स्कुल हेड बोय र स्कुल हेड गर्ल छनौटका लागि गरिएको मतदान कार्यक्रममा विद्यालयका चारवटा सदनका आठ जना छात्रछात्राले हेड बोय र हेड गर्लका लागि आफ्नो उम्मेद्वारी दिएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सञ्चालित प्रजातान्त्रिक अभ्यासको विशिस्ट नमूनाको रूपमा रहेको निर्वाचनमा कक्षा १० मा अध्ययनरत छात्रछात्राले मतदान गरि सुरु गरिएको थियो ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी र सोही कक्षाहरुमा अध्यापन गर्ने शिक्षक शिक्षिका सहित ४३६ जनाले मतदान कार्यक्रममा सहभागिता जनाएका थिए । विद्यार्थी माझ चुनावी प्रक्रिया र प्रजातान्त्रिक व्यवस्थाको जानकारी सहित राष्ट्रप्रति विद्यार्थी वर्गले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक शैक्षिकसत्रको सुरुमा सञ्चालन गरिने यो मतदान कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व तथा आपसी भाइचाराको विकास गर्ने विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताए ।
वक्तव्य, अन्तर्वार्ता र चुनाव गरि तीन चरणको प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्दै कक्षा १० मा अध्ययनरत छात्र आरिस लवट स्कुल हेड बोय बन्न सफल भए भने कक्षा दशकी छात्रा अन्जु श्रेष्ठ स्कुल हेड गर्ल बन्न सफल भइन । प्रतिस्पर्धाबाट विजयी बनेपछि हेड बोयका उमेद्वार वायरन सदनका आरिस लवट र हेड गर्लकी उमेद्वार बोसन सदनकी अन्जु श्रेष्ठले आफूहरु विभिन्न चरण पार गरि हेड बोय र हेड गर्ल बन्न सफल भएकाले विद्यालयको नियम र अनुशासनमा रहि दिद्यालयको पठनपाठन लगायत अतिरिक्त क्रियाकलापमा सम्पूर्ण सहकर्मी साथीहरूलाई हौसला प्रदान गरि अझ उत्कृष्ट र अब्बल बनाउने प्रतिबद्धता प्रकट गरे ।
जीवनको पहिलो पटक चुनावी मैदानमा उत्रँदा अनौठो लागे पनि देशको चुनावी प्रक्रियाका बारेमा विद्यालयमा सञ्चालन गरिएको मतदान कार्यक्रमबाट आफूहरूले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको हेड बोय र हेड गर्लका आठै जना उमेद्वारले साझा धारणा प्रस्तुत गरे ।
आजको समयमा राष्ट्र र राष्ट्रियताप्रति विद्यार्थी वर्ग उदासिन बन्दा अनेकौं राष्ट्रिय समस्या सिर्जना भएकोले राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार र उत्तरदायी बन्न समेत यस्तो प्रकारको निर्वाचनले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विजयी छात्रछात्रालाई बधाई तथा शुभकामना दिएका थिए ।
सो अवसरमा शैक्षिकसत्र २०७५मा उत्कृष्ट अंकका साथ विशिष्टता हासिल गर्ने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका छात्रछात्रालाई छात्रवृत्ति,प्रमाणपत्र र ट्रफी प्रदान गरिनुका साथै क्लास मनिटर, हाउस एडभाइजर, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन छनौट गरि ब्याज प्रदान गरिएको थियो ।

:1064 Views

Leave a Reply