ग्ल्याडस्टोनमा नाटक प्रतियोगिता

मध्यपुर थिमी, कार्तिक २० । मध्यपुर थिमी, मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले दीपावलीको अवसर पारेर अन्तर सदन नाटक प्रतियोगिता सम्पन्न ग¥यो ।
विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत सञ्चालित कार्यक्रममा चार सदनका चारवटा नाटक मञ्चन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाको सभापतित्व रहेकोे कार्यक्रमको निर्णायकको भूमिका रङ्गमञ्च कर्मि प्रल्हाद खनाल र शालिकराम भण्डारीले निभाएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले संयोजन गरेको प्रतियोगितामा विद्यार्थीहरुलाई विभिन्न बिधामा सम्मान गरियो ।
प्रतियोगितामा बोसन सदनकी स्तुतिका सापकोटा द वेस्ट एक्ट्रेस सपोर्टिङ रोलको उपाधी चुमिन भने वायरन सदनका आयुष घजु द वेस्ट एक्टर सपोर्टिङ रोल बन्न सफल भए । त्यसैगरी बोसन सदनकी राष्ट्रिका खड्काले द वेस्ट एक्ट्रेस मेनरोलको उपाधी उचालिन भने बोसन सदनकै असीम न्यौपाने द वेस्ट एक्टर मेनरोलको उपाधी पाउन सफल भए ।
प्रतियोगितामा लेप्टन सदनको सदन क्याप्टेन प्रकाश थापा वेस्ट राइटर बन्न सफल भइन भने बोसन सदनका सदन शिक्षक प्रविन रराजबाहक वेस्ट डाइरेक्टर बन्न सफल भए ।द वेस्ट ड्रामा अफ द इयरको उपाधी बोसन सदनको “वाकस,ले प्राप्त र्गयो ।
विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विद्यार्थीको अभिनय र लगनशीलताको खुलेर तारिफ गर्दै बोसन सदनका एड्भाइजर प्रबिन राजबाहक,हार्डन सदनका एड्भाइजर दिपिन श्रेष्ठ ,लेप्टन सदनकी एड्भाइजर विनिता प्रजापति र वायरन हाउसका एड्भाइजर सबिन श्रेष्ठले कार्यक्रम सफल बनाउन गरेको मिहिनेत अतुलनीय रहेकोे बताए ।

:1044 Views

Leave a Reply