ग्ल्याडस्टोनमा नाटक प्रतियोगिता

मध्यपुर ठिमी,  मंसिर ४ | मध्यपुर ठिमी,मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर अन्तर सदन नाटक प्रतियोगिता सम्पन्न गर्‍यो ।

विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत सञ्चालित कार्यक्रममा चार सदनका चारवटा नाटक मञ्चन गरिएको थियो ।विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाको सभापतित्व रहेकोे कार्यक्रमको निर्णायकको भूमिका विद्यालयका अभिनय शिक्षक प्रभाकर न्यौपाने र रङ्ग मञ्च कर्मि प्रल्हाद खरेलले  निभाएका थिए ।विद्यालयका अतिरिक्त क्रियाकलाप समितिले  संयोजन गरेको प्रतियोगितामा विद्यार्थीहरुलाइ विभिन्न बिधामा सम्मान गरियो।

प्रतियोगितामा बोसन सदनकी स्तुति सापकोटा  द वेस्ट एक्ट्रेस सपोर्टिङ रोलको उपाधी चुमिन भने लेप्टन  सदनका निराजन ढकाल  द वेस्ट एक्टर सपोर्टिङ रोल बन्न सफल भए ।त्यसैगरी हार्डन सदनकी आयुषा पौडेलले द वेस्ट एक्ट्रेस मेनरोलको उपाधी उचालिन भने लेप्टन  सदनका फुर्साङ तामाङ द वेस्ट एक्टर मेनरोलको उपाधी पाउन सफल भए । प्रतियोगितामा वायरन सदनकी श्रेया अवाल वेस्ट राइटर बन्न सफल भइन भने हार्डन सदनका सदन शिक्षक दिपिन श्रेष्ठ वेस्ट डाइरेक्टर बन्न सफल भए ।द वेस्ट ड्रामा अफ द इयरको उपाधी लेप्टन सदनले प्राप्त गर्‍यो ।

विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विद्यार्थीको अभिनय र लगनशीलताको खुलेर तारिफ गर्दै बोसन सदनका  एड्भाइजर प्रबिन राजबाहक,हार्डन सदनका  एड्भाइजर दिपिन श्रेष्ठ   ,लेप्टन सदनकी  एड्भाइजर विनिता प्रजापति  र वायरन हाउसका एड्भाइजर सबिन श्रेष्ठले कार्यक्रम सफल बनाउन गरेको मिहिनेत अतुलनीय रहेकोे बताए ।

:230 Views

Leave a Reply