ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न 

मध्यपुर थिमि,फाल्गुन २९ | मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघले प्रजातन्त्र दिवसको पावन अवसर पारेर बार्हौँ रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो ।

अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,भूतपूर्व विद्यार्थी, अभिभावक, समाजसेवी, शुभेच्छुक तथा पत्रकार लगायत ५३ जना पुरुष र १८ जना महिला गरि जम्मा ७१ जनाले आफ्नो अमूल्य रगत दान गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला र फर्निचर तथा फर्निसिङ संघ भक्तपुरका अध्यक्ष उद्ववप्रसाद हुमागाईँले रगत दिई सुरु गरेको कार्यक्रम विहान १०:३० वजेबाट सुरु भइ दिउँसो १:३० वजे सम्पन्न गरियो । ।ग्ल्याडस्टोन समुदायमा (Gladstone in community )का रूपमा विभिन्न सामाजिक सेवामुलक कार्यक्रम सञ्चालन गर्ने क्रममा विगत ११ वर्षदेखि निरन्तर रूपमा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरिएको र यसबाट मानवीय सेवाका साथ अपार आत्मसन्तुष्टि प्राप्त हुने प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताउनु भयो। त्यसैगरी कार्यक्रमका संयोजक नवराज खड्काले सम्पूर्ण रक्तदातालाई स- धन्यवाद प्रकट गर्दै आउँदा दिनमा पनि यस्ता कार्यक्रममा सबैको साथ तथा सहयोगको अपेक्षा रहेको बताउनु भयो।

:56 Views

Leave a Reply