ग्ल्याडस्टोन एकेडेमी कुञ्ज नाटक घरमा

मध्यपुर ठिमी, जेठ ७ । मध्यपुर ठिमी मिलरोड ८ बोडेस्थित ग्ल्याडस्टोन एकेडेमीका कलाकार विद्यार्थीहरु कुञ्ज नाटक घर थापा गाउँ काठमाडौंमा नाटक मञ्चनमा व्यस्त छन् ।

रङ्गकर्मी प्रभाकर न्यौपानेको लेखन तथा निर्देशन रहेको नाटक मम भर्सेस ड्याड यही जेठ ७ गते मंगलबारदेखि जेठ ९ गते बिहीबारसम्म काठमाडौंको थापा गाउँस्थित कुञ्ज नाटक घरमा मञ्चन भइ रहेको छ ।
इलामे माइलो, रात चिर्नया भानु जस्ता दर्जनौं सफल नाटक लेखन तथा निर्देशन गरि सकेका रङ्गकर्मी न्यौपाने विगत केही वर्षदेखि ग्ल्याडस्टोन एकेडेमीको नाटक प्रशिक्षकको रुपमा कार्यरत छन् ।

साथ नेपालको संयोजन रहेको नाटक मम भर्सेस ड्याड जेठ ७ गते मंगलबारका दिन एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले औपचारिक उद्घाटन गरेका थिए । राजधानीका विभिन्न विद्यालयलाई अवलोकनका लागि निमन्त्रणा गरिएको नाटक प्रत्येक दिन बिहान ११ बजे र १२ः३० बजे दुई शो मञ्चनमा छ ।

आमाबाबुको असमझदारीका कारण उत्पन्न हुने समस्या र त्यसले बालबालिकामा पार्ने प्रत्यक्ष असरलाई सामाजिक विषयका रूपमा उठाउन गरिएको नाटकमा विद्यालयमा अध्ययनरत कक्षा ६ कि छात्रा आर्या मानन्धरले दृष्टि वीहिन छोरीको भूमिका निर्वाह गरेकी छिन् भने उनका आमाको भूमिका कक्षा ८ कि छात्रा रोशिका लामिछाने र बुबाको भूमिका कक्षा ९ का छात्र निराजन ढकालले निभाएका छन् ।

अन्य कलाकारहरुमा कक्षा ९ का छात्राहरू राष्ट्रिका खड्का,स्तुति सापकोटा,आर्या प्रजापति,सुरक्षा भट्टराई लगायत अन्य छात्रछात्राले निभाइ रहेका छन् ।

:1428 Views

Leave a Reply