घरपरिवारबारे सिक्न युरो किड्सका केटाकेटी घरघरमा

भक्तपुर । व्यस्त राजधानीमा एउटा मात्रै कोठा लिएर त्यसलाई नै घर मानेर बस्नुपर्ने वाध्यता हजारौं परिवारको छ । आफ्नो क्षमता र वाध्यता अनुसार त्यसलाई नै घर मानेर बस्ने या सानो टुक्रा जग्गामा घर बनाउने चलन बढ्दो छ । वास्तवमै त्यो पुर्ण घर हो त ? एउटा घर पुर्ण हुन के के हुनुपर्छ ? घरभित्र बस्दाको सरसफाई, अनुशासन र नियम कस्तो हुनुपर्छ ? घर के हो ? एउटा घरमा के के हुनुपर्छ ?घरमा को को बस्छन ?एकल या संयुक्त परिवार भनेको के हो ? घरपालुवा जनावरहरु भनेको के हो? बगैँचा र करेसावारी कस्तो हुनुपर्छ ? घरभित्र के र कस्ता कोठाहरु हुन्छन, त्यसको उपयोग कसरी गरिन्छ ? यस्तै कुराहरु प्रत्यक्ष देखाउन भक्तपुर युरो किड्स सल्लाघारीले साना कक्षाका केटाकेटीहरुलाई उनीहरुकै कक्षाका साथीहरुको घरमा लैजान शुरु गरेको छ ।

कसैको घर सानो होला तर व्यवस्थित होला, कसैको घर ठुलो होला तर अव्यवस्थित हुनसक्छ । कुनै घरमा बाबुआमा र छोराछोरीमात्रै होलान त कसैको घरमा हजुुबा, हजुरआमा, बुबाआमा, काकाकाकी, फुपुदिदी सहितको संयुक्त परिवार होला । यी सबै कुराहरु साना केटाकेटीले प्रत्यक्षरुपमा हेरेर, अनुभव गर्न सकुन भनेर नै साना केटाकेटीलाई पालैपालो कक्षाका साथीहरुको घरमा लैजान थालिएको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्ले बताउँछन । साना केटाकेटीलाई कक्षाकोठामा पढाएर मात्रै होइन, धेरैजसो नयाँ नयाँ कुरा सिक्नेगरी नयाँ ठाउँमा डुलाएपछि उसले आफुले देखेको कुरा कहिल्यैपनि नविर्सिने काफ्लेको धारणा छ ।

‘त्यसो त साथीभाईको घरमा जाँदा साथीप्रति माया बढ्ने मात्रै हैन, उसले त्यो घरमा देखेको सबै कुरा पछिसम्म याद रहन्छ’ प्रिन्सिपल ज्योति क्षेत्री भन्छिन् ।

पछिल्लो समयमा सो विद्यालयमा पढ्ने प्लेग्रुपकी छात्रा इवाना श्रेष्ठको बाबा अमन लोचन श्रेष्ठको कटुन्जे, सुर्यविनायकमा रहेको घरमा त्यस कक्षाका १६ जना विद्यार्थी पुगेर रमाएका थिए । आफ्नो कक्षाका दुईजना शिक्षक र एकजना आया दिदीको साथ लागेर पुगेका उनीहरु इवानाको घरको कोठाचोटा चहार्दै, उनको खेल्ने कुरा खेल्दै पढ्ने कोठा (पुस्तकालय), करेसाबारी र बगैंचामात्रै हेरे । उनीहरुले त्यस घरको भान्छादेखि वरण्डा, बगैंचादेखि सबै कोठा हेरेर त्यसमा के गरिन्छ भनेर जिज्ञासापुर्वक सोधेका थिए भने ती साना केटाकेटीलाई घरको सबैकुराबारे इवानाकी ममी र हजुुरबुबाले बताएका थिए ।

:519 Views

Leave a Reply