घरलाई स्कुल बनाउने यो गतिलो मौका हो

बन्दाबन्दी (लकडाउन) को समयमा कसरी बच्चाहरूसँग समय बिताउने राम्रा र उपयोगी कुराहरू कसरी सिकाउने यस्ता कुराहरू अभिभावकले बुझ्न जरूरी छ । हामी सबैजना अहिले घर बाहिर सजिलोसँग हिँडडुल गर्न साथै कुनै कामकाज गर्न सकिराखेका छैनौँ। यसले हामी ठूला मान्छेहरूमा धेरै तनावको अवस्था श्रृजना गरेको छ। अब सोच्नुस् हामी परिस्थितिलाई नियाल्न सक्नेहरूलाई त तनाव छ भने ती अबोध बालबालिकालाई कति गाह्रो भएको छ होलारु बाहिर निस्कन पाउनु भएको छैन, खेल्न पाउनु भएको छैन, स्कुल जान पाउनु भएको छैन, त्यसमाथि बेलाबेलामा आमाबाबुको गालीः बाहिर नजाऊ, यो नगर त्यो नगर, यो नछोउ त्यो नछोऊ यस्ता यस्ता। हामीले ध्यान दिएका छैनौँ तर उनीहरूको बाल मस्तिष्कमा यसले धेरै असर पारेको हुन्छ। यो समयमा बच्चाहरूलाई पढाइ मात्र नभएर उमेरअनुरूपको नैतिक शिक्षा तथा जीवन उपयोगी शिक्षा अभिभावकले सिकाउन सक्नु हुन्छ। यहाँ अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ।

कोभिड १९ ले गर्दा हामी सबै बन्दाबन्दी भएका छौँ, बन्दाबन्दी (लकडाउन) को अर्थ हो घरमा बस्नु। यो महामारीमा हामी मात्र नभएर पूरै संसार नै बन्दाबन्दीमा छ, यस्ता कुराहरू हामीले कहिल्यै कल्पना गरेका थिएनौँ, भोगेका थिएनौँ । यसै कारण हामीहरू धेरै नै अन्योलमा छौँ। हुन त दैवी बिपत्ति, रोग महामारी, अनिकाल आदि भन्ने कुरा पूर्व सूचना दिएर आउँदैन। यस्तो बिषम परिस्थितिमा हामी अभिभावकहरू आफू पनि संयमित बन्नु पर्छ साथै बच्चाहरूलाई पनि धैर्यधारण गरी संयमित बन्न सिकाउनु पर्छ र हाम्रा दिनचर्या सहज र सरल बनाउने कोसिस गर्नु पर्छ। कसरी यस्ता कुराहरूबाट बच्चाहरूलाई टाढा राख्ने भन्ने जस्ता कुराहरूमा ध्यान दिनु पर्छ। यस समयमा बच्चाहरूमा एक प्रकारको त्रास फैलिएको छ । हामी किन स्कुल जान नपाएको? किन बाहिर खेल्न जान नपाएको? किन, के, कसरी जस्ता प्रश्नहरू उनीहरूसँग धेरै छन्। अफ्ना बच्चाहरूलाई सम्झाउन सक्छौँ किन हामी बन्दाबन्दीमा छौँ तर कोरोना भनको के होर? किन बाहिर जानु हुँदैन? स्कुल किन गएका छैनौँर? यस्ता प्रश्नको जवाफ सरल र सजिलो भाषामा बुझाउन सक्छौँ। उनीहरूलाई चित्त बुझ्ने गरी सम्झाऔँ बुझाऔँ।

बच्चाहरू धेरै नै कोमल मनका हुन्छन्। अभिभावकको कुनै पनि कुराले उनीहरूको चित्त दुखेको हुन सक्छ, यसकारण बच्चाहरूसँग धेरै नजिक भएर बस्नुस्, उनीहरूलाई समय दिनुस्, कुराहरू, आफ्ना अनुभवहरू बताउनुस् साथसाथै व्यक्तिगत स्वास्थ्यमा ध्यान कसरी ध्यान दिने जस्ता कुराहरू सिकाउनुस्। हो अहिले सबैजना घरमा नै हुनुहुन्छ, त्यसमा आमाहरूको काम अलि बढी नै भएको होला अनि साना नानीबाबुहरू आमासँग बढी नजिक हुन्छन्। कामको सँगसँगै उनीहरूको हेरचाहले गर्दा आमाहरूलाई गाह्रो भइ राखेको बेला घरका हरेक सदस्यले एकअर्कालाई सहयोग गरी सक्दो सहकार्य गरौँ। प्रकृतिले आफूलाई, आफ्नो परिवार, घरका कुनाकुना, प्रतिकुल समयलाई कसरी अनुकुल बनाउन सकिन्छ, सकारात्मक सोच, आफ्नो दायित्व, सहयोगी भावना जस्ता कुराहरूलाई सोच्न र मनन् गर्नका लागि दिएको महत्वपूर्ण समय हो भनेर सोचौँ। बन्दाबन्दीले केहि गर्न दिएन भनेर समय खेर नफालौँ। अभिभावक नै बच्चाहरूको लागि रोल मोडल हुन्। अझै भनिन्छ, ९५% संस्कार घरबाट सिकाइन्छ, स्कुलले त शिक्षा, ज्ञान र थोरै अनुभव सिकाउँछ।

यो समयमा अभिभावक धेरै संयम हुनु पर्दछ। थाहा छ, बच्चाहरूको यो उमेर नै अभिभावकलाई सताउने उमेर हो। तपाईँलाई रिस उठ्छ, गाली गर्नु मन छ तर तपाईँ नरिसाउनुस्, गाली नगर्नुस्। यसबाट बच्न उपाय निकाल्नुस्, बच्नका लागि उनीहरूलाई कसरी हुन्छ ब्यस्त बनाउनुस्। अहिले धेरै स्कुलहरूले अनलाईन कक्षा संचालन गर्नु भएकोछ, र ती अनलाईन कक्षामा स्कुलले बच्चाहरूलाई मात्र नभइ अभिभावकहरूलाई पनि ध्यानमा राखेर पाठ्यक्रम बनाउनु भएको छ। यसबाट पनि गाइडलाईन पाउन सक्नु हुन्छ। अब बनाइदिनुस् आफ्नो घरलाई स्कुल मतलब घरमा भएका सामग्रीहरू र घरका सदस्य नै शिक्षक बनिदिनुस्। जस्तै हामी परिवारको बारेमा कुरा गर्छौँ, बाजेबज्यैले कथा सुनाउनु हुन्छ, कसरी हाम्रो परिवार बन्योरु परिवारको महत्व बुझाउनु हुन्छ। बुवाले परिवारको लागि आफूले गर्ने गरेको मेहेनतको कुरा बताउनुहुन्छ। आमाले सबै जनाको लागि मीठामीठा पौष्टिक र स्वादिलो खाना बनाउनुहुन्छ। यहाँ बुझाउन सकिन्छ परिवार, यस्को महत्व, माया ममता अनि हाम्रो सुन्दर घर। घरमा गरिने साना ठूला कामको बारेमा बच्चाहरूलाई जानकारी गराउनुस्, जस्तै कि घर सरसफाइ गर्दा प्रयोग हुने सामग्रीहरूको नाम, खाना पकाउँदा प्रयोग हुने भाडाकुँडा, खानेकुराका नाम, कुनै काम गर्दा उनीहरूको सहयोग लिनुहोस्, यस्तो पनि गर्न सकिन्छ, कुनै कुराको कथा बनाएर कल्पना गरेर चित्र कोर्न लगाइ उनीहरूलाई क्रियटिभ बनाउन सकिन्छ। आफ्नो बारेमा केहि लेख्न सक्नुहुन्छ। तात्पर्य घरबाटै पनि कल्चर डेभलब्पमेन्ट साथै एजुकेशनल डेभलप्मेन्ट प्लस मोरल र स्पेरिचुयल डेभलप्मेन्ट गर्न सकिन्छ। यस्ता कुराहरूले बच्चाहरूलाई वास्तविकतासँग परिचित र नजिक गराउँछ र कहिँकतै सिम्पल लिभिङ हाइ थिङ्किङ् भन्ने सोच उत्पन्न गराउन मद्दत पूर्याउँछ।

अब आयो अझै महत्वपूर्ण कुरा उनीहरूको खानपानको। हाम्रा बच्चाहरू खाना खानमा धेरै नै चुजी छन्। यस्मा उनीहरूको दोष छैन, दोषी पनि छैनन्, हामी अभिभावकले नै यस्ता बनाएका हौँ। तर अहिले यहाँ खुशीको कुरा बन्दाबन्दीले खानपानमा परिवर्तन पक्कै पनि ल्याएको छ, बाहिर निस्कन नपाएपछि जंकफुड खानमा कमी आएकै होलारु हो यही समयको फाइदा उठाएर बच्चाहरूको खानपानमा परिवर्तन ल्याउन सकिन्छ। अहिले त घरमा राम्रा मीठा पौष्टिक खाना, खाजाहरू बनाउनु भएको छ होलार ?

खानाको कुरा गर्नु पर्दा, खानालाई सर्वप्रथम हाम्रा इन्द्रियहरूले खाने गर्दछन् जस्तै आँखाले, नाकले कानले जिब्रोले। यसकारण बच्चाहरूलाई खान दिंदा थोरै डेकोरेसन गर्नुस्, बाबु वा नानुको लागि आमाले बनाएको विशेष खाना भनेर कुनै नाम दिनुस्। उनीहरूको खाना बनाउँदा पौष्टिक तथा स्वादिलो हुनुका साथै हेर्दा आकर्षक पनि हुनु पर्दछ र जस्ले इम्यून सिस्टम पनि बलियो बनाओस्। यसो गर्दा बच्चाहरूमा बाहिरको खानाहरू तथा जंकफूड खाने बानीमा कमी ल्याउन सकिन्छ सँगसँगै खाना पकाउने बेलामा उनीहरूलाई पनि किचनमा लैजानुस् र देखाउनुस् कसरी तरकारी काट्ने, सफा गर्ने र पकाउने तरिका पनि सिकाउन सकिन्छ। यसबाट कुनै पनि खानेकुरा खानयोग्य बनाउनमा कति जनाको मेहेनत लाग्छ भन्नी कुराको जानकारी दिन सक्छौँ, हामी यहाँ उनीहरूलाई खेतीपाती गर्ने किसानको मेहेनत देखिबाट शुरू गर्न सक्छौँ। अनि खानाको महत्व बुझाऔँ।


मुनु गुरूङ्ग
संस्थापक
बड्स मन्टेश्वरी प्रिस्कुल नख्खु, भैसीपाटि

:711 Views

Leave a Reply