चाणक्यमा चुनिए स्कुल कप्तान र उपकप्तान

भक्तपुर । मध्यपुर थिमीस्थित चाणक्य माध्यमिक विद्यालयले यस वर्षको लागि विद्यालय कप्तान, उपकप्तान लगायत सदन कप्तान, उपकप्तान चुनेको छ ।

विद्यार्थीहरुलाई चुनावी अभ्यास र अनुभवको लागि चुनावी प्रक्रियाबाट कप्तान, उपकप्तान चुनिएका छन् । विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यालयकी छात्रा कप्तानमा जस्मिन श्रेष्ठ २२० भोट सहित विजय भएकी छन्  भने विद्यालयको छात्र कप्तानमा सनिस ढुङ्गानाले २०२ भोट सहित विजय हासिल गरेका छन् ।

रातो सदनको कप्तानमा करुण श्रेष्ठ र उपकप्तानमा सुवेक्षा मदाई,  पहेँलो सदनको कप्तानमा कसक अधिकारी र उपकप्तानमा आकांक्षा वि.क.,  हरियो सदनको कप्तानमा योना राई र उपकप्तानमा अनिल श्रेष्ठ, निलो सदनको कप्तानमा नरेश तोलङ्गे र उपकप्तानमा अनुप चौलागाई चुनिएका छन् ।

चुनावमा कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरुले भोट हालेका थिए । विजयी विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, विद्यालयका प्रिन्सिपल गणेशबाबु पोखरेल, चाणक्य कलेजका प्राचार्य बासुकीराज रेग्मीले बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

:748 Views

Leave a Reply