चाणक्य माविको २१ औं अभिभावक दिवस सम्पन्न, विद्यार्थी र शिक्षक सम्मानित

भक्तपुर । मध्यपुरथिमी शंखधरचोकस्थित चाणक्य माध्यमिक विद्यालयको २१ औं अभिभावक दिवस सम्पन्न भएको छ ।

बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमखु आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ११ जना विद्यार्थी तथा १ जना शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट अनुशासित विद्यार्थीको उपाधि कक्षा ७ का विवेक क्षेष्ठ र कक्षा ८ की रोजिना श्रेष्ठले जितेकी थिइन् भने उत्कृष्ट समयनिष्ठको उपाधि कक्षा ८ का सुजल श्रेष्ठ र प्रसिद्धि पोखरेलले जितेकी थिइन् । त्यस्तै उत्कृष्ट पोशाक कक्षा ५ का यथार्थ शाह र कक्षा १ का आश्रिया कुइँकेल, उत्कृष्ट नेतृत्व कक्षा ७ का ओजेन श्रेष्ठ र कक्षा ९ की सुविक्षा मदाई, चाणक्य बर्ड अफ दि इएर प्रिफाउण्डेशनकी विविशा सुवेदी, चाणक्य फ्लावर अफ द इयर कक्षा ४ की स्मृति अधिकारी र चाणक्य आइकन अफ दि इयर कक्षा ८ की सुमिना सिलवालले जितेकी थिइन् । कार्यक्रममा कक्षा १० का सनिस ढुङ्गाना र गस्मिन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । शिक्षक तर्फ विद्यालयकी बेसिक लेभल इन्चार्ज नन्दिता सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममका प्रमुख अतिथी एवं बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले निजी विद्यालयले देशको शैक्षिक क्षेत्रमा ठूलो योगदान रहेको बताए । उनले नामजस्तै चाणक्यले विश्वव्यापी रुपमा नाम कमाउन सकून भनेर शुभकामना दिएका थिए ।

विद्यालयका प्रिन्सिपल गणेशबाबु पोखरेलले शैक्षिक शत्र २०७७ बाट विद्यालयमा कक्षा ६ बाट पूर्वी दर्शन, संस्कृत व्याकरण पढाई हुने जानकारी दिएका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठको सभापतित्वमा भएको थियो ।

:470 Views

Leave a Reply