चाणक्य स्कुलको ‘अभिभावक चेतना कार्यक्रम’ सम्पन्न

भक्तपुर, २१ भदौ । मध्यपुरथिमी शंखधरचोकस्थित चाणक्य माध्यमिक विद्यालयले अभिभावक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

अभिभावकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम विहान ८ बजेदेखि १० बजेसम्म भएको थियो । कार्यक्रमको मुख्य वक्ताको रुपमा मनोविद् कमल सिलवाल रहेका थिए । उनले २१ औं शताब्दीका बालबालिकालाई गुणस्तरीय शिक्षामा अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्नेमा अभिभावकहरुलाई जनचेतना प्रदान गरेका थिए । उनले सबै बालबालिकाको क्षमता फरक हुने भएकाले उनीहरुलाई कहिलै पनि अरु बच्चासँग तुलना नगर्न आग्रह गरे । आफ्नो सन्तानलाई अनुशासित बनाउन आफू पहिले अनुशासित हुनु पर्ने उनले बताए ।

विद्यार्थीहरुलाई समय सापेक्ष वातावरण निर्माण गर्न, उनीहरुको पढाई, रहनसहन, आनिबानी आदिमा थप जागरुक बनाउनका लागि उक्त कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यपाक गणेशबाबु पोखरेल बताउँछन् ।

:342 Views

Leave a Reply