चिल्ड्रेन गार्डेनका विद्यार्थीले मनाए गुरु पूर्णिमा

ललितपुर । महालक्ष्मी नगरपालिका, इमाडोलस्थित चिल्ड्रेन गार्डेन एकेडेमीका विद्यार्थीहरुले गुरु पूर्णिमा मनाएका छन् । विविध कार्यक्रम सहित विद्यालयका शिक्षक शिक्षिकाहरुको सम्मान गर्दै गुरु पूर्णिमा मनाइएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न कलात्मक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले आफ्ना शिक्षक शिक्षिकाहरुलाई टिका, खादा र विभिन्न उपहारहरु प्रदान गर्दै शिक्षक शिक्षिकाहरुको सम्मान गरेका थिए ।

:1210 Views

Leave a Reply