जनप्रेमीको ३१ औं स्थापना दिवसमा अभिभावक पुरस्कृत

भक्तपुर, १३ माघ । भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी विद्यालयको ३१ औं स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा अभिभावक दौड, रक्तदान र खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

अभिभावक दौडमा पुरुष अभिभावकतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः दिपक खत्री, कुमारबहादुर खड्का र गुणबहादुर मगर भएका थिए भने महिला अभिभावकतर्फ संगीता थापा पहिलो, मेनुका गिरी दोस्रो र विन्दा सापकोटा तेस्रो हुन सफल भएका थिए । विजयी अभिभावकलाई विद्यालयका प्रिन्सिपल निलेश आचार्यले नगदसहित मेडल वितरण गरेका थिए । त्यस्तै रक्तदान कार्यक्रममा ५४ जनाको सहभागीता रहेको विद्यालयले जनाएको छ।

:348 Views

Leave a Reply