जनप्रेमीमा बास्केटबल प्रतियोगिता सम्पन्न

भक्तपुर । कौशलटारस्थित आदर्श जनप्रेमी अङ्ग्रेजी मा. वि. मा अन्तर सदन बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ४ देखि ६ सम्म जुनियर र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूलाई सिनियर ग्रुपमा विभाजन गरी खेलमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भई व्यवस्थित ढङ्गले खेल संचालन गरिएको थियो । सो बास्केटबल प्रतियोगितामा जुनियर तर्पm रातो सदन प्रथम र दोश्रो स्थान पहेलो सदन हुन सफल भएका थिए । यसै गरी सिनियर ग्रुप तर्फ रातो सदन प्रथम र निलो सदन दोश्रो भएका थिए । त्यस्तै छात्रा तर्फको सिनियर बास्केटबलमा निलो सदन प्रथम र हरियो सदन दोश्रो हुन सफल भएका थिए ।

:275 Views

Leave a Reply