जनप्रेमीमा विविध क्रियाकलाप सम्पन्न

भक्तपुर । कौशलटारस्थित आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा विविध क्रियाकलाप आयोजना गरिएको छ । विद्यालयमा नेपाली निबन्ध, अङ्गे्रजी निबन्ध, एकल नृत्य र अन्तर सदन सिनियर भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

अङ्ग्रेजी निबन्ध प्रतियोगितामा कक्षा १२ का प्रतिक आचार्य प्रथम, कक्षा १२ की स्मृति नेपाल दोश्रो र कक्षा ११ की ओजस्वी घिमिरे तेस्रो हुन सफल भइन् भने नेपाली निबन्ध प्रतियोगितामा कक्षा १२ की सृष्टि भट्टराई प्रथम, संसार पहाडी दोश्रो र कक्षा ११ की सुहाना पौडेल तेस्रो हुन सफल भइन् । यसै गरी एकल नृत्य प्रतियोगितामा कक्षा ११ की अस्मिता पाण्डे प्रथम, कृतन थापा दोश्रो र किङहाङ राई तेस्रो भएका छन् । विजयी हुनु हने विद्यार्थीहरूलाई कलेज प्रमुख झमक बहादुर बस्नेत र विद्यालय प्राचार्य निलेश आचार्यबाट ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूलाई ४ सदनमा विभाजन गरि भलिबल प्रतियोगिता गरिएकोमा छात्र तर्पm रातो सदन प्रथम, निलो सदन दोश्रो तथा छात्रा तर्पm निलो सदन प्रथम, हरियो सदन दोश्रो भएका थिए ।

:332 Views

Leave a Reply