जर्मन नागरिकको आर्थिक सहयोगमा विद्यालयको भवन रेट्रोफिट, विद्यार्थी खुसी

भक्तपुर । भक्तपुरको जेशिस माध्यमिक विद्यालयको एक भवनको रेट्रोफिट गरिएको छ । विं.सं. २०७२ साल बैशाख १२ गतेको भूकम्पको कारण क्षतिग्रस्त बनेको उक्त भवन जर्मनी नागरिकको आर्थिक सहयोगमा रेट्रोफिट गरिएको हो ।
जर्मनीका नागरिक एवं जर्मनीको सेनाका पूर्व कर्णेल योग बारको आर्थिक सहयोगमा चार तले भवनको रेट्रोफिट गरिएको विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीले जानकारी दिए । भवनको रेट्रोफिटसँगै रंगरोगन पनि गरिएको छ ।
कूल रु. २४ लाख ४५ हजारको लागतमा चिटिक्क बनेको उक्त भवनको सहयोगी पूर्वकर्णेल बारले पुनः उद्घाटन गरेका थिए । भवनको उद्घाटनसँगै विद्यार्थीले नयाँ कक्षाकोठा पाएका छन् भने विद्यालय सञ्चालनका लागि आवश्यक कक्षाकोठाको पूर्ति भएको छ ।
‘भवनको सबै काम सकिएसँगै उद्घाटन भएको छ, कक्षा ७, ८, ९ र १० का विद्यार्थीले नयाँ कक्षा पाएका छन्, कक्षाकोठामा कार्पेन्टिङ गरिएको छ, सोही भवनमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष बनेको छ ।’ विद्यालयका प्रिन्सिपल गोर्खालीले भने । उक्त भवन सन् २००६ मा बारकै आर्थिक सहयोगमा बनेको थियो ।
आफूले बनाएको भवन भूकम्पले क्षतिग्सत बनेपछि विद्यार्थी कहाँ बसेर पढ्छन् होला भन्ने चिन्ता लागेपछि पूर्वकर्णेल बारले जर्मनीमै विद्यालय बनाउनका लागि सहयोग संकलन गरी विद्यालयको रेट्रोफिट गर्न पाउँदा आपूmलाई आनन्द लागेको बताए । ‘विद्यालय भवनले पूनर्जीवन पाएको छ, विद्यार्थीहरु भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न, लेख्न सक्ने भएका छन्, मलाई खुसी लागेको छ।’ भवन उद्घाटन गर्दै उनले भने ।
उनले देश बनाउनका लागि शिक्षाको जरुरी रहको चर्चा गर्दै नयाँ पुस्ताका लागि गुणस्तरीय शिक्षाको जरुरी रहेकोमा जोड दिएा थिए । पूर्व कर्णेल बारले भने, ‘शिक्षाले नै नयाँ पुस्तालाई अघि बढाउँछ, उनीहरुलाई राम्रो शिक्षाको प्रत्याभूति दिने काम सुरक्षित भवनले दिन्छ ।’
कूल ३ सय ६२ विद्यार्थी अध्ययनरत सो विद्यालयको उन्नयनमा बारले विगत १५ वर्षदेखि लगातार सहयोग गरिरहेका छन् । उनको सो सहयोगबापत विद्यालयले उनलाई विद्यालयको संरक्षक घोषणा गरेको छ ।
विद्यालयको भवनको पुनः उद्घाटनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अवालले बारको सहयोगले विद्यालयलाई अघि बढाउन सहयोग पुगिरहेको उल्लेख गरे ।

:450 Views

Leave a Reply