जुनियर नृत्यमा मेलिसा प्रथम

मध्यपुर थिमी, मङ्सिर २३| मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत जुनियर नृत्य प्रतियोगिता सम्पन्न गर्‍यो ।कक्षा १ देखि कक्षा ५ सम्मका ४३ जना छात्रछात्रा सहभागी रहेको नृत्य प्रतियोगितामा विभिन्न मौलिक नेपाली सँस्कृति झल्काउने गीतमा प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले अध्यक्षता गरेको  प्रतियोगितामा नृत्यकार तथा मोडल राजेश बाडे र कोरियोग्राफ रमिता बाडेको निर्णायक मण्डलि रहेको रहेको थियो।निक्कै प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा कक्षा २ कि छात्रा मेलिसा कारन्जित पहिलो ,कक्षा ३ कि छात्रा दिभा साहु दोस्रो,कक्षा ५ कि  छात्रा सुदिना होना तेस्रो तथा कक्षा ५ कै छात्रा इभाना खड्गी  सान्त्वना पुरस्कर पाउन सफल भए ।

विजयी छात्रछात्रालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका सहप्रधानाध्यापक विनोद भट्टराईले  बालबालिकाको नृत्य प्रतिभाको खुलेर तारिफ गर्नु भयो ।सो अवसरमा बोल्दै उहाँले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रममा बालबालिकाको उल्लेख उपस्थितिले आफू हर्षित र गर्वित भएको बताउदै विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नु भयो।

:968 Views

Leave a Reply