जेनिथ स्कुलमा डोजर चल्यो

भक्तपुर, २८ चैत्र । भक्तपुर देगमनास्थित जेनिथ इंग्लिस सेकेन्डरी स्कुलमा आयोजित शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित हाइड्रोलिक डोजर प्रदर्शनीको आकर्षण बनेको छ ।

भ.न.पा. वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले समुदघाटन गरेको उक्त कार्यक्रममा विद्यालयमा ग्रेड शिक्षण पद्धतिमा प्रयोग हुने विविध शैक्षिक सामग्रीहरु, परम्परागत प्रविधिसँग सम्बन्धित सामग्रीहरु, विद्यालयले विभिन्न प्रतियोगिताहरुमा हासिल गरेका उपलब्धिहरु, विद्यालय गतिविधिका फोटोहरु, विद्यार्थीहरुले तयार पारेका विभिन्न सामग्रीहरु र विज्ञानसँग सम्बन्धित विभिन्न प्रोजेक्टहरु (बोटलको रकेट, वाटर फाउण्टेन, माउस ट्राप, हाइड्रोलिक ब्रिज, हाइड्रोलिक डोजर, वाटर डिस्पेन्सर, प्रोजेक्टर, पेरिस्कोप, केलेडिस्कोप, मोटर फ्यान आदि) प्रदर्शनीमा राखिएका थिए । विद्यार्थीहरुलाई ब्यवहारिक शिक्षा प्रदान गर्न यस्तो खालको प्रदर्शनी लाभदायक हुने विद्यालयको विश्वास रहेको छ । प्रदर्शनीमा अभिभावक, विद्यार्थी, स्थानीय बासिन्दाहरु र शिक्षाप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

:556 Views

Leave a Reply