ज्ञान निकेतनलाई बास्केटबलको उपाधि

fca-sports 3

भक्तपुर । एभरेष्ट इगलिश स्कुल मिवाछें भक्तपुरको आयोजनामा भएको चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको जुनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी इगलिश स्कुल काठमाडौले हात पारेको छ ।

आइतबार भएको फाइनल खेलमा हिमालय इगलिश वोर्डिग हायर सेकेण्डरी स्कुल काटेश्वर  काठमाडौलाई १४ का विरुद्ध ३१ प्वाइन्टसले पराजित गरी ज्ञान निकेतनले उपाधि हात पारेको हो ।

मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो भन्ने नाराका साथ आइतबार नै भएको सिनियर व्याइजतर्फको उपाधि होप भ्याली स्कुल काठमाडौले जितेको छ । हिमालय इगलिश बोर्डिग हायर सेकेण्डरी स्कुललाई १७ का विरुद्ध १९ प्वाइन्टसले होप भ्याली विजयी भएको हो । सिनियर व्याइज खेल थ्री अन थ्री (तीनतीन जना) वीच भएको थियो ।

साथै यसअघि आइतबार नै भएको गल्र्सतर्फको उपाधि इनोभेटिभ इगलिश स्कुल ललितपुरले जितेको छ । श्री चन्द्रविन्दु इन्टरनेशनल वोर्डिग स्कुल काठमाडौलाई पराजित गरी इनोभेटिभ विजयी भएको हो ।

प्रतियोगिताका विजयी स्कुल तथा खेलाडीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा रेफ्री सुवाश दर्शनका साथै सहभागी स्कुलहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेसहित २७ विद्यालय प्रतिस्पर्धामा थिए । प्रतियोगितामा ४९ टिम सहभागी रहेका थिए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, कमलादेवी अमात्य भण्डारीलगायतले प्रतियोगितामा हारजित भन्दा पनि मित्रता ठूलो रहेको बताए ।

:577 Views

Leave a Reply