ट्रिटनका विपुलले जिते ‘टिन लिट्टल मिस्टर नेपाल’

काठमाडौं, १३ जेठ । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका १० कक्षाका मेधावी छात्र विपुल श्रेष्ठले ‘टिन लिट्टल मिस्टर नेपाल २०१९’ को टाइटल जितेका छन् ।

मिस्टर नेपाल आयोजना गर्दै आएको एक्सपोज नेपाल डक कमको आयोजनामा ललितपुरको बालकुमारीमा आयोजित सो प्रतियोेगितामा विपुलले सबै विधामा उत्कृष्ट भई अलराउण्डरको टाइटल पनि जितेका छन् । २७ जना प्रतियोगीमध्ये विपुलले सो टाइटल जितेका थिए । प्रतिस्पर्धिभन्दा धेरै अंकको फरकमा उनले सो टाइटल जितेका थिए ।

काठमाण्डौ उपतयका लगायत धरान, हेटौंडा, पोखरा लगायतका विभिन्न विद्यालयका विद्यार्थीले भाग लिएको सो प्रतियोगितामा ट्रिटन स्कुलकै ४ कक्षाकी छात्रा मेरीका कर्णबेरीले ‘मस्ट फ्रेण्डली एवार्ड’ जितेकी छिन् । उक्त प्रतियोगितामा करिस्मा सुवेदीले ‘टिन लिट्टल मिस नेपाल २०१९’ जितेकी थिइन भने रिंकु घिसिंग र स्वस्तिका न्यौपाने फस्ट र सेकेण्ड रनर अप भएका थिए । ‘टिन लिट्टल मिस्टर एण्ड मिस नेपाल २०१९’का विजयीको साथै सो प्रतियोगिताका अन्य क्याटागोरी प्रि—लिट्टल मिस्टर एण्ड मिस नेपाल २०१९’, मिनी लिट्टल मिस्टर एण्ड मिस नेपाल २०१९’ र ‘लिट्टल मिस्टर एण्ड मिस नेपाल २०१९’ का गरि सबै टाइटल विजेताहरुलाई टाइटल र ताजसहित पुरस्कृत गरिएको थियो । मिस्टर एण्ड मिस ती चारैथरी टाइटल जित्ने ८ जना विजेतालाई अर्काे महिना फिलिपिन्समा हुने टिन प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएका छन् ।

उनीहरुलाई मिस नेपाल २००५ तथा प्रतियोगिताकी मुख्य निर्णायक सुगरिका केसी, निर्णायकहरु पाटन लेडी जेसीजकी पुर्व अध्यक्ष प्रविना शर्मा, मिस राजधानी २०१८ शर्मिला शर्मा तथा मिस्टर नेपाल २०१७ विकल्पराजश्रेष्ठले विजेता विद्यार्थीलाई टाइटल र ताजका साथै उपहारहरु दिएका थिए । यसका साथै अन्य विभिन्न क्याटागोरीका विजयीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । आफ्नो विद्यालयका विद्यार्थी विपुल श्रेष्ठले‘टिन लिट्टल मिस्टर नेपाल २०१९’ को टाइटल रमेरीका कर्णबेरीले ‘मस्ट फ्रेण्डली एवार्ड’ जितेको खुसीयालीमा विद्यालयले उनीहरुको स्वागत र सम्मानमा एक वधाई कार्यक्रमको आयोजना गर्यो ।

विद्यालयका भाइस प्रिन्सिपल ममता शाह, निर्देशक राजन सुवेदीका साथै शिक्षक शिक्षिकाहरुले विजयी विद्यार्थीलाई टिका र खादा लगाएर वधाई दिएका थिए भने विद्यालयले उनीहरुको सम्मानमा १० पाउण्डको केक समेत काटेर बाँडेको थियो । सम्मान कार्यक्रममा ‘टिन लिट्टल मिस्टर नेपाल २०१९’ को टाइटल विजेता विपुलले आफ्नो अनुभव सुनाएका थिए ।

:345 Views

Leave a Reply