ट्रिटनका स्काउट सुर्यविनायकदेखि रानीकोट गढीसम्म

काठमाडौं । सुविधानगर, तिनकुनेस्थितट्रिटन सेकेण्डरी स्कुलमा सञ्चालित ‘ट्रिटन स्काउट ट्रुप’का ६६ जना स्काउट विद्यार्थी भक्तपुरको सुर्यविनायकदेखि घ्याम्पेडाँडा हुँदै रानीकोट गढीसम्म ७किलोमिटर पैदलयात्रा (हाइकिंग) गरेका छन् ।

विद्यालयका स्काउट शिक्षकएवम् भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वयआयुक्तशिवकुमार त्वायनातथाविद्यालयकाअतिरिक्त कृयाकलाप संयोजकशिवकुमार गैह्रेको साथमाउनीहरु ७किलोमिटरको दुरी पैदलयात्रा गरेकाहुन । टोलीमाशिक्षिकाद्वयकविताखत्री र रविना घटुवा पनि सहभागीथिए ।

स्काउट विद्यार्थीलाई अलगअलग पेट्रोल (समूह) माविभाजित गरी पैदलमार्गमाआफ्नो गन्तव्यपत्तालगाउने चिन्ह राखेर उनीहरुलाई पैदलयात्रा गराइएको थियो । ठाडो उकालो, जंगल, भीरपाखाको रोमाञ्चक यात्रापछि उनीहरु रानीकोट गढीसम्म पुगेकाथिए । पैदलयात्रा सकिएपछि उनीहरु आफुसंग लगेको खाजाखाएर फर्केकाथिए । स्काउटिङ्गशिक्षामाहाइकिङ्गलाई एउटा मनोरञ्जनात्मकएवम् साहसीयात्राको रुपमा मानिन्छ ।

:233 Views

Leave a Reply