ट्रिटन कलेजद्वारा ‘सुर श्री’मा सहभागी विद्यार्थी आश्रयको विदाई

काठमाडौं ।भारतीय चर्चित गायन रियालिटी शो ‘सुर श्री’ को पाँचौ संस्करणको सेमिफाइनलमा प्रवेश गरेका ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरमा११ कक्षामा अध्ययनरत गायक विद्यार्थी आश्रय रञ्जितलाई कलेज प्रशासनले शुभकामना दिँदै विदाई गरेको छ ।
सेमिफाइनलमा प्रवेश गरेका गायक आश्रय भारतको भोपाल राज्यमा यही मंसीर ८ गते सोमबार आयोजना हुन लागेको सेमिफाइनल प्रतियोगितामा भाग लिन बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

ट्रिटन कलेजका प्राचार्य डा.समीर शर्मा, उपप्राचार्य श्रीकृष्ण विष्ट, प्रशासन प्रमुख ऋतु न्यौपाने र अतिरिक्त कृयाकलाप संयोजक कुमार थापाले आश्रयलाई टिका र खादा लगाएर विदाई गर्दै सफलताको लागि शुभकामना दिए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३०४० भारतले हरेक वर्ष आयोजना गर्दै आएको उक्त रियालिटी शोको पाँचौ संस्करणको सेमिफाइनलमा पुग्ने आश्रय ट्रिटन कलेजको पहिलो र एकमात्र नेपाली विद्यार्थी हुन । प्रतियोगितामा भारत र अन्य सार्क मुलुकका युवाहरु सहभाग्ी छन् ।
१७ वर्षिय गायक आश्रयले नेपालमा आयोजना भएका विभिन्न गायन प्रतियोेगितामा आफ्नो उमेर जतिनै पुरस्कार जितिसकेका छन् ।
गायक आश्रयका साथ उनका बुबा मध्यपुर थिमी नगरपालिका वडा नं ६ का प्रशासकिय प्रमुख, अभयन्द्र रञ्जित पनि भोपाल जाँदैछन ।

:216 Views

Leave a Reply