तेस्रो गोल्डेन गेट फुटसल टुर्नामेन्ट सम्पन्न

भक्तपुर । ‘गोल्डेन गेट फुटसल रनिंग शील्ड’को तेस्रो सिजन टुर्नामेन्ट शुक्रवार सम्पन्न भएको छ । गोल्डेन गेट इंग्लिस सेकेन्डरी स्कूलले आयोजना गरेको उक्त टूर्नामेन्टमा अन्तिम चार समूहले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘टीम बी’ विजेता भयो भने ‘टीम ए’ रनर अप र ‘टीम सी’ तेस्रो विद्यालयका प्रिन्सिपल एवम् को—फाउन्डर सिंग लामाले विजेता र रनर अप टीमलाई स्वर्ण तथा रजत पदक प्रदान गरेका थिए । विशाल लामाले ‘म्यान अफ द सीरीज’ को पदक पाए भने शिक्षिका सजिना लामालाई विजेता टीम म्यानेजरको पदक प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन शिक्षक रामेश्वर काफ्लेले गरेका थिए भने रेफ्रीको जिम्मेवारी गजेन्द्र काफले निभाएका थिए ।
सहभागी सम्पूर्ण खेलाडीहरुलाई विद्यालयका प्रिन्सिपल एवम् को—फाउन्डर सिंग लामाले प्रमाण—पत्र प्रदान गरेका थिए ।

:875 Views

Leave a Reply