दाहालले जस्तै प्रतिवद्धता जनाउन सक्नुुहुन्छ तपाइँ?

dahal harihar

विद्यार्थी भर्ना अभियानमा घरदैलो गर्दैगर्दा नजिकैको आधारभूत विद्यालयबाट कक्षा नौमा नयाँ भर्ना हुन चाहने विद्यार्थीका अनुरोधहरु :

१) कक्षा नौमा कम्प्युटर बिषय सञ्चालन गर्नुपर्छ ।
२) खानेपानी र शौचालयको सफा व्यवस्था हुनुपर्छ ।
३) अनुशासनका प्रष्ट नियमहरु बनाई कार्यान्वयन हुनुपर्छ ।
४) खेलकुद ड्रेस, ट्रयाकसुट, टाई, गलामा लगाउने परिचय पत्रको व्यवस्था हुनु पर्दछ ।
५) अनुशासन र नियम विद्यार्थीका साथसाथै शिक्षकमा पनि लागू हुनु पर्दछ ।
६) साँस्कृतिक कार्यक्रमको सञ्चालन र चाहिने ड्रेस लगायतका सामग्री उपलब्ध हुनुपर्छ ।
७) संगीतका सामग्री र गीत– संगीतका क्रियाकलाप हुनुपर्छ ।
८) विज्ञानको प्रयोगात्मक प्रयोगशाला र मल्टिमिडियासहित कक्षा हुनुपर्दछ ।
९) सरहरुको मोबाईलको प्रयोग व्यवस्थित हुनुपर्छ ।
१०) बालक्लब, जुनियर रेडक्रस, स्काउट गठन गरिनु पर्छ ।
११) कक्षा नियमित सञ्चालन हुनुपर्छ ।
१२) बिषयगत शिक्षक कोको हुनु हुन्छ?
१३) खेलकुदका सामान के के कति छन् ?
१४) बिषयगत शिक्षकको परिचय दिनुहोस् ?
१५) अतिरिक्त कक्षा सञ्चालन होस् ।
१६) पुस्तकालय कस्तो छ ?
१७) हामी छात्राकोचै समस्या कसले हेर्ने ?
१८) कुन शिक्षक मनोपरामर्शदाता हुनुहुन्छ?
१९) हामीले के गर्दा कसरी माया गरिन्छ र के गर्दा कसरी सजाय गरिन्छ ?
२०) किन तपाईंकै विद्यालय आउनु पर्याे?
मेरा उत्तरहरु
१) म गणित पढाउँछु ।
२) म प्रष्ट अक्षरमा लेख्छु । प्रष्ट शब्दमा बोल्छु ।
३) म नियमित गृहकार्य दिन्छु र चेकअप नि गर्छु ।
४) कक्षामा भेदभाव नगरी सबैलाई नजिकै पुगेर सिकाउँछु ।
५) तपाईहरु वा विद्यालयले ज्यालाको ब्यबस्था गरेमा अतिरिक्त कक्षा पनि पढाउँछु ।
६) नियमित उपस्थित भै ध्यानपूर्वक सुन्ने र कक्षाकार्य र गृहकार्य गर्नेहरुलाई उत्साहपूर्वक सहयोग गर्छु ।
७) बिहान बेलुका राति, लिजर पिरियड, टिफिन टाईम जतिखेर पनि सोधेको कुरा समाधान गर्न सहयोग गर्छु ।
८)छात्राहरुले मलाई समस्या प्रस्तुत गर्नु भयो भने शिक्षिका साथी र मेडिकलको सिस्टर लगायत सम्बन्धित निकाय मा पुर्याउने छु ।
१०) बेलाबेलामा टेष्ट तथा परीक्षा लिई मुल्याङ्कन गरिराख्छु र सल्लाह दिन्छु।
११) मेरो आफ्नै मोबाईल, क्यामरा, कम्प्युटर र प्रोजेक्टर बेलाबेलामा प्रयोग गरी पढाउँछु ।
१२) कक्षा ८ मा सिक्नुभएको भन्दा बढि कुरा कम्युटर सिक्न चाहनु हुन्छ भने बिहान बेलुका मेरो निजि कम्युटरमा सिकाउँछु ।
१३) व्यवहारिक समस्या समाधान गर्न कक्षाकोठा भन्दा बाहिरको कुरा पनि सिकाउँछु।
१४) नरिसाई सिकाउँछु, तपाईंहरुको समस्या सम्बन्धित ठाउँमा पुर्याई दिन्छु ।
१५) तपाईहरुका प्रत्येक क्रियाकलापको रेकर्ड राख्नेछु ।
१६) म नियमित शैक्षिक सामग्री, पाठयोजना र वर्कशिट तयार बनाई सिकाउँछु ।
१७) नियमित उपस्थित नहुने, ध्यानपूर्वक नसुन्ने र नियमित
कक्षाकार्य र गृहकार्य नगर्ने भए हाम्रो स्कुलमा भर्ना नहुनोस् ।
१८) तपाईहरुले सभ्य अनुशासित र मर्यादित रुपले प्रस्तुत हुनुभएन भने मैले नराम्रो रुपले पनि प्रस्तुत हुन बाध्य हुन्छु ।
१९) तपाईहरुले जागर जोश निकाल्नु भयो भने रिजल्ट राम्रो आउने बनाउने छु ।

– दाहाल सेतीदेवी माविका शिक्षक हुन् ।

:548 Views

Leave a Reply