‘दीपको उज्यालोभित्र आफूलाई बिर्सन्थेँ’

शिक्षिका बन्ने र बालबालिकासँग रमाउने नै जीवनको उद्देश्य बनाएकी भरतपुर चितवनका इन्दिरा कार्कीले सुरुमा परिवारको साथ पाइनन् । वि सं. २०५१ सालमा ग्रिनल्यान्ड स्कुलमा अध्यापनका लागि जाँदा उनलाई बुबाआमाले अनुमति नै नदिएको तीतो सत्यदेखि अध्यापनबाटै जीवनमा सफलता, नाम, दाम र ख्याति पाएको अनुभव छ उनीसँग । शिक्षण पेसामा रहेको लगाव नै उनका लागि सफलताको सिँढी बन्न पुग्यो ।  उनको तिहार अनुभवलाई यसपटक नुवागीले समेटेको छ ।

जीवन संघर्षैसंघर्ष भरिएको गाथा, जहाँ कहिलेकाहीँ रमणीय क्षण आउँछन्, कहिले दुःखैदुःखले भरिएको जिन्दगीभित्र सुखका झिल्काझिल्की पनि देखा पर्छन् । कहिले दुःख कहिले सुख कहिले आँसु कहिले हाँसो’ जीवन लाग्छ रहस्यको पोकोझैँ’ । जीवनमा आइपर्ने यी सम्पँर्ण पाटोहरूलाई बिर्सेर कहिलेकाहीँ मानिस आनन्द र खुसीमा झुम्न चाहन्छ । खित्का छोडीछोडी हाँस्न चाहन्छ अनि छुट्टै संसारमा नाच्न, गाउन अनि आफन्तजनको प्रेमको दुनियाँमा हराउन चाहन्छ । सायद यसैले होला, हामी चाडपर्व मनाउने गर्दछौँ ।
बाल्यकालदेखि नै हामीले विविध चाडपर्व मनाउँदै आएका हौँ । आ–आफ्नै विशेषता बोकेका चाडपर्वमध्ये मलाई तिहार मन पर्छ । गाउँघरमा चाडपर्वको आफ्नै किसिमको महŒव हुन्थ्यो । चाडपर्व आउनुभन्दा एक महिनाअघि नै हामी रमाउन थाल्थ्यौँ । अँधेरी रातमा आउने दीपावलीको हामी व्यग्र भएर प्रतीक्षा गरिरहेका हुन्थ्यौँ । सुनसान गाउँ जहाँ बिजुली बत्तीको झिलिमिली थिएन । कृत्रिमतादेखि परको संसार जहाँ जुनको उज्यालोभित्र मात्रै हामी धेरै रमाउँथ्यौँ । दीपावलीमा पाँच दिन बालिने बत्तीले गाउँ नै झिलिमिली हुने त्यो पल आज पनि मानसपटलमा ताजै छ । साँच्चै, त्यो दीपको उज्यालोभित्र म आफँलाई नै बिर्सन्थेँ । झ्याइँझ्याइँ र झुइँझुइँ पकाइने सेलरोटी, रोटेपिङ, लिंगेपिङ, सयपत्री फँल र मखमली फँलले ढाकेको आँगनभित्र हामी फुरफुर पुतलीझैँ हे औँसीको बार गाई तिहार भैलो’ भन्दै घरघर पुग्थ्यौँ । नाङ्लामा बत्ती बाली दिइने दान, सुकामोहर हामी टिप्दै आशीर्वाद दिँदै अर्काे घरतिर हुँइकिन्थ्यौँ । मानौँ, हामीले दिएको आशीर्वाद उनीहरूले पाएका छन् ।
बाल्यकाल काटेर युवावस्थामा प्रवेश गरेपछि आफ्नो कर्तव्य बुझ्ने र जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्थामा पुगेपछि यस्ता चाडपर्वको रमाइलो घट्दै गएको अनुभव हुन थाल्यो । घरपरिवार, छोराछोरीभित्र डुब्न थालेपछि उनीहरूको खुसी हेर्ने बानी परेपछि उनीहरूको खुसीमा आफ्नो खुसी साट्ने बानी पर्न थाल्यो । वास्तवमा पर्वमा आफ्नो व्यस्तताबीच पनि भेटघाट, अपनत्व साटासाट गर्ने राम्रो अवसर जुर्छ । मातृत्व, भगनित्वको बीच प्रेम साटासाट हुने यो पर्वको अनुभूति आफैँमा गौरव लाग्ने खालको छ ।
हामी यन्त्रझैँबनिरहेको अवस्थामा, कहिले नसकिने हाम्रा कामहरू जहिले पनि व्यस्त ! ………… व्यस्त ! ………. व्यस्त ! उफ् यस व्यस्तताबीचको यो मिलन (आफन्तजनसँगको) साँच्चै नै जिउने आधार बनिरहेको छ । थोरै खुसी, थोरै उमंगले पनि एक वर्षको थकान मेटिँदो रहेछ । यस्ता पर्वले हामीलाई परिवारमा बाँधेर राखेको छ, यो हाम्रो संस्कृतिको अनमोल पुँजी हो जसलाई हामीले युगयुगसम्म जोगाइराख्नुपर्छ ।

हामी यन्त्रझैँ बनिरहेको अवस्थामा, कहिले नसकिने हाम्रा कामहरू जहिले पनि व्यस्त ! ………… व्यस्त ! ………. व्यस्त ! उफ यस व्यस्तताबीचको यो मिलन (आफन्तजनसँगको) साँच्चै नै जिउने आधार बनिरहेको छ । थोरै खुसी, थोरै उमंगले पनि एक वर्षको थकान मेटिँदो रहेछ । यस्ता पर्वले हामीलाई परिवारमा बाँधेर राखेको छ, यो हाम्रो संस्कृतिको अनमोल पुँजी हो जसलाई हामीले युगयुगसम्म जोगाइराख्नुपर्छ ।

तिहार पर्वमा सधैँ रमाउने मलाई वि.सं.२०६३ सालको तिहारले भने दुःखको भवसागरमा पु¥याइदियो । वि.सं. २०६३ सालमा भाइको मृत्युपश्चात् तिहार मेरो लागि सधँैका निम्ति अँध्यारोमा परिणत भयो । भाइको मृत्युपछि आजसम्म पनि तिहारको रमझममा म रमाउन सकेकी छैन । तिहार सुरु भएपछि उसको सम्झनाले सताउन थाल्छ । दीपावलीको उज्यालोभित्र आफँलाई बिर्सन सक्ने मलाई त्यो उज्यालोले पनि तान्न सकेन । मानौँ, मेरा लागि उज्यालो सधैँका लागि अँध्यारोमा परिणत भयो । तिहारमा गाँसिने सयपत्रीका सुन्दर माला, मखमलीका माला, दुबो सबै सुकेकाझैँलाग्न थाले । अरू सबै तिहारमा रमाएको देख्दा आफँलाई अचम्म लाग्ने भयो । मान्छे विचारले रमाउने गर्दाे रहेछ । विचारमा निराशा भरिएपछि पानी पर्नु अघिको घनघोर कालो अँध्यारो बादलझैँहुँदो रहेछ मन । बाहिरबाट हेर्दा परिवारका लागि खुसी देखाउने प्रयासमा म भित्रभित्र व्यथित हुने गर्छु । तिहारको झिलिमिली बत्ती, मखमली फँल, सयपत्री फँलको सौन्दर्य मलाई हराएझैँलाग्छ । छोराछोरीको खुसीमा आफँलाई हराउन विवश हुनुपर्दाे रहेछ । उनीहरूका लागि हाँस्नुपर्ने, हाँसेरै आफ्ना हरेक भँमिका निर्वाह गर्नुपर्ने, अरूलाई खुसी राख्नुपर्ने गर्दै जाँदा आफँ पनि हाँस्ने बानी पर्दो रहेछ । आँसु पनि पिउन सकिँदो रहेछ । एउटा हातले आँसु पुछ्दै ओठमा हाँसो ल्याउने प्रयासमा सफल भइँदो रहेछ ।
कहिलेकाहीँ त लाग्छ, जीवन रंगमञ्च हो । म त्यो रंगमञ्चमा अभिनय गर्ने एक पात्र । नत्र किन म कहिले हाँस्छु, कहिले रुन्छु ? जन्म, मृत्यु, मिलन, बिछोड, रोदन, पीडा अनि मानव जीवन । लाग्छ, यी जीवनका अभिन्न अंग हुन् । आखिर हरेक घाउमा समयले मल्हम लगाउँदो रहेछ । घाउहरू पनि खाटा पर्न थाल्दा रहेछन्, कम दुख्ने हुँदा रहेछन् । तर पनि तिहारको त्यो खुसी फेरि मेरो जीवनमा कहिल्यै फर्केर आएन । त्यो खुसी, त्यो उमंग, दिदीभाइबीचको प्रेम कथाझैँबन्यो ।

घर सुखी नहुनु भनेको समाज सुखी नहुनु हो । समाज सुखी नभए राष्ट्रलाई पनि निश्चित असर गर्छ । हामी नारी आफ्ना लागि भन्दा आफ्नो परिवारका लागि समर्पित छौँ । त्यसैले नारी महान् छन् ।

जे होस्, हामी नारीले घरलाई सुखी बनाउन केही कुरा त्याग गर्न पनि जान्नुपर्छ । अन्यथा हामीले आफ्नो घरलाई सुखी बनाउन सक्दैनौँ । घर सुखी नहुनु भनेको समाज सुखी नहुनु हो । समाज सुखी नभए राष्ट्रलाई पनि निश्चित असर गर्छ । हामी नारी आफ्ना लागि भन्दा आफ्नो परिवारका लागि समर्पित छौँ । त्यसैले नारी महान् छन् ।
तिहार पर्वका यति धेरै विशेषता हुँदाहुँदै पनि यसभित्र विकृतिहरू मौलाउँदै गएको देख्न सकिन्छ । देउसीभैलोको रमाइलो पैसा र व्यापारमा जोडिन पुगेको छ । धेरै पैसा दिन सक्नेको घरमा धेरै आशीर्वाद, थोरै पैसा दिनेको घरमा रिस पोखिँदा धनीलाई मस्ती र गरिबलाई सास्ती भएको छ यो पर्व । यसले धनी–गरिबबीचको दँरी झन् बढाइदिएको छ । यो निश्चित रूपमा पनि राम्रो कुरा होइन । यति मात्र होइन, जुवातासमा लाखौँलाख उडाउने प्रवृत्तिले पनि जरा गाडेको देखिन्छ । यस्ता विकृति हटाउँदै जान सके निश्चित रूपमा हाम्रा चाडपर्व हाम्रो देशका गहना बनिरहन्छन् । यी गहनाको सुरक्षा गर्न सके हाम्रो देशको सौन्दर्य अझै अवश्य बढ्नेछ ।

 

 

:710 Views

Leave a Reply