नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीताको उपाधि ओम स्कुललाई

भक्तपुर । सुर्यविनायक प्याब्सनको आयोजना तथा शंकर नेशनल स्कुलको सह–आयोजनामा भएको नगर प्याब्सन अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीताको उपाधि ओम स्कुलले जितेको छ ।

शंकर स्कुलको प्राङ्गामा भएको उक्त प्रतियोगीतामा ११ वटा विद्यालयका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा युनिक इन्टरनेशनल स्कुल दोस्रो, मेरिगोल्ड स्कुल तेस्रो र वेद्धिक स्कुलले सात्वना स्थान हासिल गरेका थिए । विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा सुर्यविनायक प्याब्सनका अध्यक्ष सानु राजा कार्की, भतmपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी, मध्यपुर प्याब्सनका अध्यक्ष निलेश आचार्य र विभिन्न विद्यालयबाट आउनु भएका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरुको प्रतिभालाई उजागर गराउनुको साथै नगर प्याब्सनमा रहेको विद्यालयहरु बिचमा राम्रो सम्बन्धलाई सहज बनाउन कार्यक्रमले सहयोग गरेको शंकर स्कुलका प्रिन्सिपल तथा कार्यक्रमका संयोजक शरण चौलागाईले बताए ।

:1101 Views

Leave a Reply