नवनीत टड्लर्स जोनको अभिभावक दिवसमा २६ जना विद्यार्थी दीक्षित

काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित नवनीत टड्लर्स जोनको अभिभावक दिवस एवं प्रिस्कुल दिक्षान्त समारोह २०७५ मा २६ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शोभा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा युकेजी उत्तीर्ण २६ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले स्कुल सफल हुन अभिभावकको महत्वपूर्ण भूमिका हुने बताइन् । उनले अभिभावकहरुलाई नाम चलेका स्कुल नरोजी नजिकको राम्रो स्कुललाई रोज्न आग्रह गरिन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल नीता श्रेष्ठले विद्यालयको प्रगति विवरण सुनाएकी थिइन् । उनले विद्यालय आइएसए अवार्डको लागि लागि परेको बताइन् । आइएसएको महत्वबारे अभिभावकलाई जानकारी दिदै उनले अभिभावकलाई बच्चाको इच्छा बुझेर उनीहरुलाई अगाडी बढ्न प्रोत्साहन/मद्दत गर्न आग्रह गरिन् ।

विद्यालयका क्याप्टेन कक्षा ३ का विद्यार्थी ग्रीष्मा मल्लले आफूले यस स्कुलबाट धेरै कुरा सिकेको र स्कुल छोडेर जानु पर्दा दुःख लागेको बतायन् । मल्लले यही वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेकी थिइन् । विद्यार्थीहरुको नृत्य, संगीत, नाटक लगायतका प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो ।

विगत ८ वर्षदेखि संचालित यस विद्यालयमा कक्षा ३ सम्म पढाइ भइरहेको छ ।

 

:794 Views

Leave a Reply