‘निजी विद्यालयप्रतिको राज्यको दृष्टिकोण परिवर्तन गर्नेछु’

निजी क्षेत्रलाई पनि राष्ट्रले सकारात्मक रूपले लिनु आवश्यक छ । सामुदायिक विद्यालयलाई निजी विद्यालयको के कस्तो सहकार्य चाहिन्छ, त्यो पनि हामी गर्न तयार छौँ । प्याब्सनमा वि.स २०४९ सालबाट लागेको हुँ । जिल्ला अध्यक्षबाट, दुई कार्यकाल केन्द्रिय सदस्य हुँदै दुई कार्यकाल केन्द्रिय उपाध्यक्ष भएँ । अब खुल्ला उपाध्यक्षमा लड्ने छु । सर्वप्रथम हाम्रो संस्थागत विद्यालयहरू जुन छन्, त्यो संस्थागत विद्यालयलाई व्यवस्थित गर्न पहल गर्नेछु । निजी विद्यालयका समस्याहरूलाई समाधान गर्नतर्फ मेरो ध्यान जाने छ । निजी विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउन लागि पर्ने छु । निजी विद्यालयहरूमाथि धेरै आरोपहरू छन्, ती आरोपहरूको समाधान गर्नको लागि म संस्था भित्रै लागि पर्ने छु ।

:346 Views

Leave a Reply