‘निजी विद्यालय बचाउन सरकारसँग अन्तरक्रिया गर्नेछु’

मैले जिल्लादेखि, महाधिवेशन प्रतिनिधिदेखि लिएर केन्द्रिय प्याब्सनको सचिवालयमा २ कार्यकाल बिताइसकेको छु । प्याब्सनमा मेरो उपस्थिति हुनु वा नहुनु भन्दा पनि प्याब्सनले निजी विद्यालयलाई सँगै लगेर यो संगठन सबैको साझा बन्नुपर्छ । सरकारले जुन अवधारणा ल्याएको छ, त्यो अवधारणासँग जुध्न सक्ने र सरकारलाई निजी शिक्षा क्षेत्रका विषयमा बुझाउन सक्ने नेतृत्वको आवश्यकता छ ।

निजी विद्यालयलाई बचाउनु आवश्यक छ । प्याब्सनमा राजनीति हुन नदिनु सबै प्याब्सनिष्टको दायित्व हो । साना, ठूला र मझौला सबै निजी विद्यालयको हकहितमा प्याब्सनको नेतृत्वले काम गर्नुपर्छ । राज्यको परीक्षा प्रणाली अपनाउनुपर्छ । सरकारसँग अन्तरक्रिया गरेर अघि बढ्ने छु ।

:902 Views

Leave a Reply