नियमित शुल्क तिर्ने अभिभावक दिव्य दीप स्कुलमा पुरस्कृत

भक्तपुर, १९ फागुन । भक्तपुरको लोकन्थलीस्थित दिव्य दीप ज्योति इङ्लिश सेकेण्डरी स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा नियमित शुल्क तिर्ने स्नोव मोक्तानको अभिभावकलाई पुरस्कृत गरेको थियो । १५ जना नियमित शुल्क तिर्ने अभिभावकबाट गोला प्रथा गर्दा उनको नाम छानिएको हो ।
वार्षिकोत्सवको उद्घाटन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गरेका थिए । कार्यक्रममा मन्त्री पण्डितले अभिभावकलाई सुझाव दिँदै भने, ‘आफ्ना बच्चाको लागि गुणस्तर शिक्षा दिनको लागि लगानी मात्र गरेर हुँदैन त्यसको लागि घरमा पनि प्रोत्साहन र निगरानी गर्नुपर्छ । त्यस्तै विद्यालय संचालक समितिका अध्यक्ष सुमन सिल्वालले विद्यालयले वर्ष भरि गरेका कार्यको चर्चा गरेको थिए ।
विद्यालयले शनिबार गरेकोे ‘२२ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम’ मा विभिन्न विधा अन्तर्गत रहेर विद्यार्थी, शिक्षक र अभिभावकलाई पुरस्कृत गरेको थियो ।
पूर्व प्राथमिक तहबाट नियमित विद्यार्थीमा कृतिका खड्का, अनुशासित विद्यार्थीमा निवेश यादव र सफासुग्गरीमा प्रतिज्ञा तामाङ छनिएका थिए ।
त्यस्तै प्राथमिक तहमा नियमित, अनुशासित र सफासुग्गरीमा क्रमशः बिपासा तामाङ, प्रिसिका हायु, प्रतिष्ठा भट्टराई र प्रावि भन्दा माथिका कक्षामा सोही क्रममा क्रमशः सार्थक घिमिरे, सुदिप सिवाकोटी र सैसा खड्कालाई पुरस्कृत गरिएको थियो ।
विद्यालयले नियमित स्कुल आउने शिक्षक सोमकुमार भट्ट र दिर्घसेवामा अञ्जु पराजुलीलाई सम्मान गरेको थियो ।

:658 Views

Leave a Reply