नीहारिका स्कुलमा क्लब नेतृत्व चयन

ललितपुर । ललितपुर महानगरपालिका ग्वार्को लुखुसस्थित नीहारिका पब्लिक विद्यालयले कक्षा, सदन, नेपाली, अंग्रेजी, एसक्युसी र आर्ट विभाग छुट्याएको छ ।
विद्यार्थीहरुमा नेतृत्व क्षमता अभिवृत्ति गर्ने उद्देश्यले प्रत्येक विभगमा २÷२ जना विद्यार्थी प्रतिनिधीहरु पनि चयन गरेको छ । कक्षा प्रतिनिधीको रुपमा कक्षा युकेजी देखि कक्षा १० सम्मका विद्यार्र्थीहरुबाट प्रत्येक कक्षाका २÷२ जनालाई चयन गरिएको छ । कक्षा प्रतिनिधि चयन हुनेहरुमा कक्षा १० बाट शिल्सा महर्जन र सोहन केसी, कक्षा ९ बाट रोहित लामा र सोफिया महर्जन, कक्षा ८ बाट पुरुषोत्तम साह र दीया महर्जन, कक्षा ७ बाट अजिता नगरकोटी र सजल सेन्चुरी, कक्षा ६ बाट विकेन लामा र विभूति नकर्मी, कक्षा ५ बाट पिया धिताल र अविरल महर्जन, कक्षा ४ (ए) बाट मेण्डुप थलान र अमन अन्सारी, कक्षा ४ (बी) बाट प्रतिष्ठा श्रेष्ठ र सृजन थिङ, कक्षा ३ (ए) बाट विनिशा माझी र आयुष रञ्जितकार, कक्षा ३ (ए टु) बाट जाइन महर्जन र सोनिप खड्का, कक्षा २ बाट अर्सना खड्का, योगेश घिसिङ, सत्यम अधिकारी र निर्जला अधिकारी, कक्षा १ बाट सोमएनंग श्रेष्ठ, तेन्जी डोल्मा लामा, सन्तोष साह र मंसिका महर्जन, युरोज मोक्तान र जेनिसा तामाङ र कक्षा युकेजीबाट राकेश श्रेष्ठ, कृपेश लम्साल, लक्ष्य राउत र हंसुमन राग्वा रहेका छन् ।
त्यस्तै सदन प्रतिनिधीको रुपमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुबाट प्रत्येक सदनका मुख्य र सहायक प्रतिनिधी गरी ८ जना विद्यार्थीहलाई चयन गरएको छ । १ देखि १० सम्मका बाँकी विद्यार्थीहरुलाई सदस्यका रुपमा राखिएको छ ।

त्यस्तै अंग्रेजी, नेपाली, एसक्युसी र आर्ट क्लबमा पनि कक्षा ६ देखि १० सम्मका ५÷५ जना विद्यार्थीलाई प्रतिनिधीका रुपमा चयन गरिएको छ । क्लबमा सुजल महर्जन (कक्षा १०), विवेक गजमेर (कक्षा ९), रजल (कक्षा ९), कृपा शाक्य (कक्षा ८), खुसी महर्जन (कक्षा १०) प्रतिनिधी रहेका छन् । अंग्रेजी क्लबमा रोजन प्रधान (कक्षा ८), आश्मा अन्सारी (कक्षा ६), अनुशा घिमिरे (कक्षा ८), निसानी श्रेष्ठ (कक्षा ८), निश्चल महर्जन (कक्षा ९) रहेका छन् । नेपाली क्लबमा रलिना बुढाथोकी (कक्षा ८), सिर्जना थिङ (कक्षा ८), आयुष्मा नगरकोटी (कक्षा १०), आशिष अनवाल (कक्षा ९), प्रगति महर्जन (कक्षा ७) रहेका छन् । आर्ट क्लबमा रोसी श्रेष्ठ (कक्षा १०), सुजल महर्जन (कक्षा ९), सुजल थापा (कक्षा ७), निजल महर्जन (कक्षा ८) र प्रशान्त महर्जन (कक्षा ८) रहेका छन् । कक्षा ६—८ सम्मका बाँकी विद्यार्थीहरुलाई सदस्यका रुपमा राखिएको छ ।
विद्यालयकी प्रधानाध्यापक जमुना महर्जनका अनुसार यसरी छानिएका प्रतिनिधीले विद्यालयको अतिरिक्त क्रियाकलापका काम गर्ने बताए । साथै यसरी विभाग गठन गर्दा विद्यार्थीमा सिर्जनशीलता बढ्ने, उनीहरुको क्षमता प्रपुस्टन गर्ने स्थान पाउने उनीहरुमा नेतृत्व गर्ने बानीको विकास भई आफ्नो दायित्व पूरा गर्ने दत्तचित्त भएर लाग्न सक्ने हौसला प्रदान हुने भएकोले यसमा जोड दिएको जानकारी दिए ।

:599 Views

Leave a Reply