नृत्यको उपाधि होली गार्डेन, एभरेष्ट पब्लिक र त्रिस्टारलाई

भक्तपुर ३१ भदौ । नृत्य प्रतियोगितामा मध्यपुरथिमीको बाहाखा बजारस्थित होली गार्डेन स्कुल प्रथम भएको छ ।

राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा स्कुल डेभलपमेन्ट रिसोर्स बोर्ड (एसडीआरबी) को आयोजनामा लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा आयोजित प्रतियोगितामा बोर्डमा आवद्ध ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एभरेष्ट पब्लिक एकेडेमी द्धितीय, त्रिस्टार इंग्लिस स्कुल तृतीय र नोबल स्कुल सान्त्वना घोषित भएका थिए । त्यस्तै उत्कृष्ट भेषभुषाको उपाधि हिमचूली एकेडेमीले पाएको थियो ।

प्रतियोगितामा युनिक नेपाल एकेडेमी, होली गार्डेन स्कुल, दिव्यदीप ज्योति इंग्लिस स्कुल, अमिनटी इंग्लिस स्कुल, अर्विट इंग्लिस स्कुल, त्रिस्टार इंग्लिस स्कुल, जनप्रेमी इंग्लिस स्कुल, नोबेल स्कुल, जेनिथ स्कुल, एभरेष्ट पब्लिक एकेडेमी, हिमचूली एकेडेमीको सहभागिता रहेको थियो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत र प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसी विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्न प्रतियोगिताले भूमिका खेल्ने बताएका थिए ।

 

 

:678 Views

Leave a Reply