नेक्ससका ९० विद्यार्थीलाई विद्यालयको सम्मान

काठमाडौं । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले एक भब्य कार्यक्रमका बीच एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान गरेको छ । विद्यालयको माध्यमिक भवनमा आयोजित उक्त कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा सहभागी भइ उत्तीर्ण हुने ९० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयका संस्थापक प्राचार्य आर बि कटवालको सभापतित्वमा संचालित उक्त कार्यक्रमको आयोजना कक्षा १० का विद्यार्थीहरुले विद्यालयको अतिरिक्त क्रियाकलाप विभागसँगको समन्वयमा गरिएको थियो ।

विभिन्न कलात्मक प्रस्तुति रहेको उक्त सम्मान कार्यक्रममा बोल्दै बिशेष अतिथि प्राज्ञ डा. देवी नेपालले विद्यार्थीहरुले हरेक कार्य समयमा गर्न सके सदैब सबैले मान्ने भएर बाच्न सकिने कुरो औल्याए । गाइ र खसीको कथाको माध्यमबाट उनले समयको महत्व बारे प्रकाश पार्दै विद्यार्थी भाइबहिनीहरुलाई हरेक कुरो निश्चित समयमा गरि सफल हुन सम्झाए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा केन्द्रिय प्याब्सनका सल्लाहकार आशिष श्रेष्ठले नेक्सस्ले प्राप्त गरेको सफलता अन्य विद्यालयहरुलाई समेत प्रेरणाको श्रोत रहेको कुरा उल्लेख गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले नेक्सस्ले दिँदै आएको संस्कार सहितको शिक्षाले गर्दा नै यो सफलता सम्भब भएको तथ्य औल्याएका थिए ।

कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक प्राचार्य आर बि कटवालले प्रविधिमैत्री शिक्षालाई आत्मसाथ गर्न सके मात्र एक्काइसौ शताब्दीको माटो सुहाउँदो शिक्षा लिन सकिने तथ्य औल्याउँदै एसईई परिक्षा उत्तीर्ण विद्यार्थीहरुलाई प्रविधिको सहि सदुपयोग गरेर एक सक्षम एवं जिम्मेवार नागरिक हुन आग्रह गरे ।

कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा ए प्लस ल्याउने ५० जना तथा ए ल्याउने ४० जनालाई सभापति, प्रमुख अतिथि, विशेष अतिथि तथा विद्यालयका विभिन्न बिभाग प्रमुखहरुले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख मदन शर्मा ले गर्नुभएको थियो ।

:706 Views

Leave a Reply