नेक्ससमा वादविवाद कार्यक्रम सम्पन्न

काटमाडौं | विद्यालयको वार्षिक कार्यतालिका अनुसार आइतवार भव्य रुपमा वादविवाद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको माध्यमिक भवनमा आयोजित उक्त कार्यक्रममा कक्षा ६ देखी कक्षा १० सम्मका ६० जना विद्यार्थीहरुले भाग लिएका थिए । “शस्त्र ज्ञान भन्दा शास्त्र ठूलो” शिर्षकमा भएको उक्त कार्यक्रममा कक्षा ८ की छात्रा सम्पदा ज्ञवाली प्रथम, कक्षा ८ कै निर्जला कार्की द्धितीय, कक्षा ७ की इशा गौतम तृतीय, कक्षा ९ बाट श्रेय धिमिरे चतुर्थ तथा कक्षा छ बाट उज्ज्वल बस्नेत पञ्चमम भएका थिए ।

विद्यालयका संस्थापक प्राचार्य आर वी कटवालको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा सपना थापा, हेम गुरागाई तथा गीता श्रेष्ठ निर्णायक रहेका थिए । कक्षा ९ की छात्रा इरादा सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रमको सहजिकरण विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख मदन शर्मा तथा नेपाली विभाग प्रमुख योगेन्द्र पौडेलले गरेका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै प्राचार्य कटवालले वादविवादले वालवालिकाहरुमा सकारात्मक तर्क पेश गर्ने तार्किक क्षमता अभिबृद्धि हुनुका साथै रचनात्मकता समेत बढ्ने कुरा औल्याएका थिए ।

:612 Views

Leave a Reply