नेक्ससमा हस्तलेखन प्रतियोगिता सम्पन्न

काठमाडौं । पेप्सीकोला टाउनप्लानिङ्गस्थित नेक्सस इन्टरनेशनल एकेडमीले एक भव्य कार्यक्रमका बीच हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ देखि कक्षा ९ सम्मका करिब ५०० बिद्यार्थीहरुले भाग लिएका थिए । नेपाली र अंग्रेजी दुवै भाषामा आयोजना गरिएको उक्त कार्यक्रममा हरेक कक्षाबाट नेपाली र अंग्रेजी हस्तलेखनमा प्रथम, द्वितीय र तृतीय छुट्याइएको थियो ।

प्रतियोगितामा कक्षा ६ बाट अंग्रेजी तर्फ प्रथम, द्धितीय, तृतीय क्रमश ः रिचा खड्का, सुबिशा शाही, आस्था चौधरी भएका थिए । त्यसै गरि कक्षा ६ बाट नेपाली तर्फ ओम साह तृतीय, प्रभात लोप्चन द्वितीय तथा संस्कृति सापकोटा प्रथम भएका थिए । कक्षा ७ बाट अंग्रेजी तर्फ अनुस्का बस्नेत तृतीय, मिसन कार्की द्वितीय तथा श्रेया बस्नेत प्रथम भएका थिए । कक्षा ७ कै नेपाली तर्फ सुमिना शेर्पा तृतीय, पासाङ्ग ल्हामु लामा द्वितीय तथा मिसन कार्की प्रथम भएका थिए । कक्षा ८ बाट अंग्रेजी तर्फ सुजा तिवारी तृतीय, स्नेहा श्रेष्ठ द्वितीय तथा एनी श्रेष्ठ प्रथम भएका थिए । कक्षा ८ कै नेपाली तर्फ रिद्धिका लामिछाने तृतीय, शीतल न्यौपाने द्वितीय तथा योजना पाण्डे प्रथम भएका थिए ।

कक्षा ९ बाट अंग्रेजी तर्फ दिपेश पन्तले तृतीय स्थान प्राप्त गरेका छन् भने बिशाल पोखरेलले द्वितीय तथा सोनु मगरले प्रथम स्थान प्राप्त गरेका थिए । कक्षा ९ कै नेपाली तर्फ सुरक्षा खड्का तृतीय, सात्विक ठाकुर द्वितीय तथा इरादा सुवेदी प्रथम भएका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालयका संस्थापक प्राचार्य आर. बि. कटवालले असल हस्तलेखनले असल व्यवहार तथा ब्यक्तित्य झल्काउने भन्दै जो व्यक्ति सुन्दर हस्तलेखन गर्दछ, उसले सुन्दर जीवनशैली पनि विकास गर्ने तथ्य औल्याउनु भयो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम बिद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख मदन शर्माको संयोजकत्वमा सम्पन्न भएको थियो ।

:441 Views

Leave a Reply