परिवार बद्लिँदै छ

हामी संयुक्त परिवारको संस्कारमा हुर्केका हौँ जुन परिवारमा ‘म’ भन्दा पहिला ‘हामी’ आउँछ । तर अब यस्तो परिवार दिनानुदिन कम हुँदैछ । एकै परिवारका सदस्यहरू कोही करले टाढिँदैछन् त कोही रहरले । त्यसैले अचेल परिवारको स्वरुप बद्लिँदैछ ।

आमा बुवा र उनका सन्तान मात्र बस्ने एकल परिवार बढिरहेको छ । हजुरआमा, हजुरबुवा, काका, काकीसँगै बसेको परिवार देख्न अहिले मुश्किल छ । कामको सिलसिलामा एकल परिवार पनि टुक्रिरहेको छ । एकै परिवारका सदस्यहरू पनि देशभित्र बाहिर छरिएका छन् । साथी साथीसँगै बस्ने परिवार पनि भेटिन्छन् । आमा वा बुवा एक्लैले हुर्काउँदै गरेको परिवार बढिरहेको छ । एक्लै बस्ने परिवार पनि हुर्कँदैछ । यसरी परिवारको स्वरुप र परिभाषा बद्लिँदै छ ।

तर परिवार बद्लिएसँगै बद्लिन नसककेको मानसिकताको सिकार हुँदैछन् बालबालिकाहरू । हिजो जस्तै उनीहरूलाई आज पनि ठूलाहरूका बीचमा बोल्न अनुमति दिइँदैन । उनीहरूलाई मान्छे जस्तै व्यवहार गरिँदैन । निरीह प्राणी सोचिन्छ, बुझ्दैनन् भन्ने ठानेर उनीहरूलाई मन लागेको व्यवहार गरिन्छ । उनीहरूले सबैका कुरा सुन्नुपर्छ । ठूलाले भनेसरी गर्नुपर्छ । मन नलागे पनि पढ्न पर्छ । दिएको खानुपर्छ, लाउनुपर्छ । अर्हाएको गर्नुपर्छ । नभए उनीहरूमाथि ठूलाले आफ्नो शक्ति प्रदर्शन गर्न कुनै साइत चाहिन्न । जसका लािग उनीहरूलाई कुनै दण्ड सजाय हुँदैन विशेष गरी नेपाल जस्तो देशमा ।

परिवार बद्लिएसँगै बद्लिन नसककेको मानसिकताको सिकार हुँदैछन् बालबालिकाहरू । हिजो जस्तै उनीहरूलाई आज पनि ठूलाहरूका बीचमा बोल्न अनुमति दिइँदैन । उनीहरूलाई मान्छे जस्तै व्यवहार गरिँदैन । निरीह प्राणी सोचिन्छ, बुझ्दैनन् भन्ने ठानेर उनीहरूलाई मन लागेको व्यवहार गरिन्छ ।

तर जसरी परिवारको स्वरुप र परिभाषा बद्लिँदै छ, त्यसैगरी बालबालिकालाई हेर्ने नजर पनि बद्लिनु जरुरी छ । उनीहरूलाई गर्ने व्यवहार परिवर्तन गर्न जरुरी छ । किनकि उनीहरू वर्तमान पुस्ताका भविष्य हुन्, आशा र भरोसाका किरण हुन् ।

बालबालिका परिवारको सबैभन्दा आशा लाग्दा किरण हुन् । खुशी र उमंगका मूल हुन् । उनीहरूकै कारण एउटा परिवार सुन्दर र सफल बन्छ । त्यसका लागि सर्वप्रथम परिवारमा केटाकेटीको भविष्यप्रति नै गम्भीर र लक्षित बन्दै वर्तमानमा आफ्नो दायित्व र जिम्मेवारी अभिभावकबाट पूरा हुनुपर्छ । उनीहरूलाई जन्म दिँदैमा, स्कुल भर्ना गर्दैमा, खान र लगाउन दिँदैमा ती बच्चाप्रतिको दायित्व पूरा नहुने कुरामा शंका छैन । जस्तो परिवार होस् त्यो बालबालिकाको शिक्षा पाउने पहिलो स्थल हो, आमाबुवा पहिला शिक्षक हुन् । कोही बालबालिका पढाइमा कमजोर भए, विग्रिए, विरामी परे, पछाडि परे भने पहिले जस्तै अहिले पनि बालबालिकालाई नै दोष दिन्छौँ । तर कुमालेको काँचो माटा जस्ता बालबालिकाको तमाम अवस्था उ जन्मेको र हुर्केको परिवारमा निर्भर रहन्छ । अभाव, समस्या, अशिक्षा, सबै यहीँबाट जन्मन्छ । तर परिवारको माया, साथ र भरोसा पाए जस्तोसुकै बालबालिकाको जीवन पनि अर्थपूर्ण बन्न सक्छ । तसर्थ परिवारमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी अभिभावकको हुन्छ ।

अभिभावकको भूमिका साँचो अर्थमा बहन गर्न सामान्य होइन । एउटा बच्चालाई परिपक्व बनाउने काम भन्न जत्तिकै सजिलो छैन । निश्चित त्याग र संघर्ष गर्नु पर्छ नै । तर अलिकति अभिभावकीय सोच र दृष्टिकोणमा परिवर्तन गर्न सके बद्लिँदो परिवारको स्वरुपसँग तादाम्य सम्भव छ ।

:516 Views

Leave a Reply