पहलमानसिंह मेमोरियलका विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । घोडाघोडी नगरपालिका वडा नं ११, आम्बासास्थित पहलमानपुरमा रहेको पहलमान सिंह माबिको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उत्कृष्ट विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

नेपालको प्रथम वियोगान्त नाटक ‘अटलबहादुर’का नाटककार स्वर्गीय पहलमान सिंह स्वारको स्मृतिमा २०४२ सालमा सो विद्यालय स्थापना गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि ७ नं प्रदेशकी सांसद उमा वादीले विद्यालयले स्थापना गरेको पदकसहित नगद २ हजार ५ सयको मनोरमा–पहलमान छात्रवृत्ति एकजनालाई, पदकसहित जनही नगद २ हजारको पदम–इन्दु छात्रवृत्ति, इला–सुशीला छात्रवृत्ति २ जना विद्यार्थीलाई प्रदान गरीन ।

यसैगरि उनले जनही १ हजार ५ सयसहितको त्रिपुरा–भोजराज छात्रवृत्ति, लोकराज स्वार छात्रवृत्ति र सावित्री स्वार छात्रवृत्ति विद्यालयका ३ जना उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरीन ।

यसैगरी सांसद वादीले विद्यालयका शिक्षक तेजबहादुर सुनारलाई नगद १५ हजार नगद र ताम्रपत्रसहितको ‘बलमान सिंह स्वार कर्मठ शिक्षक सम्मान’ प्रदान गरीन ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष प्रा.इश्वरी स्वारको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा पहलमानपुरको देव विकास बैंकले जनही २ हजार ५ सयसहितको देवविकास बैंक छात्रवृत्ति प्रदान गरियो भने फ्रेण्डस क्लव आम्बासाले ६ जान विद्याथर््ीलाई जनही ८ सय नगदसहित छात्रवृत्ति प्रदान गर्यो ।

कार्यक्रममा सांसद वादीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार्नका लागि आफुले सांसद विकास कोषबाट प्राप्त हुने रकममध्ये केही रकम सहयोग गर्ने वचनवद्धता व्यक्त गरीन ।

घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, नगरपालिकाको शिक्षा विभाग प्रमुख उमेशराज रेग्मी, सो नगरको ११ नं वडाअध्यक्ष दानसिंह जोशी, विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद सुवेदीलगायतले पहलमानसिंह मेमोरियल माविले त्यस क्षेत्रको शैक्षिक विकासमा पुरयाएको योगदानको प्रशंसा गरे ।

:412 Views

Leave a Reply