प्याब्सन अन्तर विद्यालय नृत्य प्रतियोगितामा चाणक्य प्रथम

भक्तपुर, २ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरले आयोजना गरेको चौथौं अन्तर विद्यालय नृत्य प्रतियोगितामा लठ्ठी नृत्य गरेर चाणक्य स्कुल प्रथम भएको छ । सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा भएको कार्यक्रमको प्रमुख अतिथि तथा शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख हरि प्रसाद दाहालले पुरस्कार वितरण गरेका थिए ।
लोकनृत्य, संस्कृति जगेर्ना गर्ने तर्फ विद्यार्थीलाई सुसूचित गराउन कार्यक्रम आयोजना गरेको प्याब्सक भक्तपुरका अध्यक्ष श्रीकृष्ण के.सी.ले बताए । यस्ता प्रतियोगिताबाट विद्यार्थीको बहुप्रतिभा प्रस्फुटन हुनेमा उनी विश्वस्त छन् ।
कार्यक्रम संयोजक तथा अर्विट इंग्लिश स्कुलका प्राधानाध्यापक कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । नेपाल चलचित्र नृत्य संघको कोषाध्याक्ष गोपाल अधिकारी र सोही संघको सदस्य अनिता श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको मुल्यांकन गरेका थिए ।
२२ वटा विद्यालय सहभागीता रहेको प्रतियोगितामा सन्थाल नृत्य गरेर त्रिस्टार इग्लिश स्कुल दोस्रो, कौडा नृत्य गरेर अर्बिट इंग्लिश स्कुल तेस्रो र झागड नृत्य गरेर क्यान्डिट इंग्लिश स्कुल चौथौं भएको थियो । उत्कृष्ट भेषभुषाको उपाधी एभरेस्ट स्कुलले पाएको थियो ।

:1435 Views

Leave a Reply