प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर, फागुन ४ । यही फाल्गुन १० गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा मध्यपुर थिमि ८ मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमीमा ११ औं रक्तदान कार्यक्रम हुने भएको छ ।

हरेक वर्षझैँ यस वर्षपनि विद्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम विहान १०ः३० देखि १ः३० बजेसम्म हुने विद्यालयले बताएको छ । कार्यक्रममा सहभागी भई रक्तदान गरी कार्यक्रम सफल बनाउन र सामाजिक दायित्व पूरा गर्न सम्पूर्ण शिक्षक, अभिभावक, भूतपूर्व विद्यार्थी, समाजसेवी तथा शुभेच्छुकलाई विद्यालयले आग्रह गरेको छ ।

:751 Views

Leave a Reply