प्रज्ञामा बृहत शैक्षिक तथा बिज्ञान प्रदर्शनी

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा अबस्थित प्रज्ञा ई स्कूलमा तेस्रो बृहत् शैक्षिक तथा बिज्ञान प्रदर्शनी मेलाको आयोजना गरिएको छ।

आन्तरिक रुपमा प्रदर्शनी आयोजना भै रहेपनि बृहत् रुपमा आयोजना गरिएको तेस्रो पटक हो। प्रदर्शनीको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिबहरि केसीले यस्ता प्रदर्शनीबाट बिद्यालयको उत्कृष्टताको मापन हुने बताए।

कार्यक्रममा उनले बिद्यालय बिद्यालयबीच सुमधुर सम्बन्ध राख्न र शैक्षिक विधि एक आपसमा साटासाट हुने हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए। कार्यक्रममा बिद्यालयका प्रिन्सिपल टंक सिटौलाले अभिभाबक र छिमेकी बिद्यालयलाई आफुले प्रदान गरेको शैक्षिक बिधीको जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताए।

उनले कार्यक्रम खर्चिलो भएपनि उपलब्धिमूलक हुनेहुँदा निरन्तरता दिँदै जाने बताए। कार्यक्रममा अभिभाबकहरू आफ्ना बालबालिकाले बनाएका बस्तुहरू हेर्न पाउँदा दंग देखिन्थे। बिद्यालयले प्रदर्शनीमा खेल्दै सिक्दै बिधीद्वारा बालबालिकालाई अध्यापन गराइरहेको प्रष्ट देखिन्थ्यो।

:562 Views

Leave a Reply